Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

तेस्रोलिङ्गी युवतिको बलात्कारपछि हत्या प्रकरण : तीन जनालाई जीवित रहेसम्म जेल र जरिवानाको फेैसला

हेटौंडा : मकवानपुरमा एक तेस्रोलिङ्गी युवतीलाई बलात्कारपछि हत्या गरेको घटनामा अदालतले ६ जनालाई दोषी ठहर गरेको छ। हेटौंडा उपमहानगरपालिका–११की २९ वर्षीया तेस्रोलिङ्गी युवतीलाई दुई वर्ष पहिले बलात्कारपछि हत्या गरेको घटनामा  जिल्ला अदालत मकवानपुरले मुख्य अभियुक्त तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ। हत्याको घटनामा संलग्न रहेका अन्य तीन जनालाई अदालतले एक वर्षदेखि २४ वर्षसम्म कैद गर्ने फैसला गरेको छ। जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको इजलासले जबर्जस्ती करणीपछि हत्या गरेको ठहर गर्दै हेटौंडा उपमहानगरपालिका–४ का २५ वर्षीय सुशील थापा मगर, २४ वर्षीय आशिष बल र २१ वर्षीय वुद्ध लामालाई जीवित रहेसम्म कैद गर्ने फैसला सुनाएको हो। अदालतले पीडित परिवारलाई ६ महिनाभित्र तीन जनाबाट जनही ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको छ।
२०७६ माघ ४ गते हेटौंडा उपमहानगरपालिका–५ क्याम्पाडाँडास्थित सडक छेउमा अर्धनग्न अवस्थामा तेस्रोलिङ्गी युवतीको शव भेटिएको थियो।

घटनामा संलग्न रहेका हेटौंडा उपमहानगरपालिका–९ का सिमोन परियारलाई हत्या र डकैतीमा गरी १३ वर्ष कैद गर्ने फैसला तथा ९० हजार जरिवाना सुनाएको छ। उनी शव लुकाउन सहयोग गर्नुको साथै मोवाइल र सुनको सिक्री लुटने कार्यमा संलग्न रहेका थिए। परियारबाट पीडित परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि आदेश भएको छ।
१६ वर्षीय नाबालकका हकमा अदालतले जबरजस्ती करणी र हत्या गरेको ठहर गर्दै १६ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ भने डकैतीतर्फ ६ वर्ष कैद ६० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ। त्यस्तै उनीबाट पीडित परिवारलाई २ लाख रुपैयाँ भराउन आदेश भएको छ। यस्तै घटनामा संलग्न रहेकी डोलमाया तामाङलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने ठहर गरेको छ। तामाङले मृतकको मोवाइल चलाएकी थिइन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP