Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कपिलवस्तुमा गर्भवती महिलाको हत्या : श्रीमान र ससुरा पक्राउ

सागर वि.क., कपिलवस्तु । कपिलवस्तुमा एक महिलाको हत्या आरोपमा श्रीमान र ससुरा पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका वडा नं.८ निवासी अन्दाजी २१ बर्षीया रहिसुन्निसा मुसलमानलाई झुन्डाई मारेको आशंकामा उनका श्रीमान र ससुरा पक्राउ परेका हुन् ।

विहिबार मृतक लाशलाई गाडी सतगत गरेको भन्ने मौखिक सूचनाको आधारमा उक्त घटनामा संलग्न रहेका मृतकको श्रीमान २२ बर्षीय मोहम्मद नसिम अलि भाट मुसलमान र निजको बुवा ५० बर्षीय अब्बास अलि भाटा मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको अनुसन्धान टोलिले निजहरुलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान गर्दा मृतक २ महिनाको गर्भवती भएको र मृत्यु शंकास्पद भएकोले आज शुक्रबार लास उत्खननको लागि जिल्ला अस्पताल तौलिहवा कपिलवस्तुका डा.जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधीवक्ता खडानन्द पोख्रेल र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्र.ना.उ. धर्मराज भण्डारीको कमाण्डमा खटिईएको एसओएसओसहितको टोलिले घटनास्थलबाट लाश उत्खनन गरी पोष्टमार्टमको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाईएको प्रहरीले वैखरी अनलाईनलाई जनाकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP