Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

भारतबाट विस्फोटक पदार्थ ओसार्ने बाग्लुङका चिरन पक्राउ

झापा : ढुंगाखानीका ठेकेदारलाई बिक्री गर्न बारुदजन्य विस्फोटक पदार्थ नेपाल भित्र्याउने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्याग्दी जिल्ला मालिका गाउँपालिका-२ रुम निवासी २८ वर्षीय चिरन रोका मगर रहेको प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डिएसपी वसन्त पाठकले जानकारी दिए। 

भारतबाट पूर्वी नाका हुँदै पटक-पटक लुकाइछिपाइ विस्फोटक पदार्थ नेपाल भित्र्याउने मगरलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरको (आरआइटी) शाखा, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले संघीय प्रहरी इकाई कार्यालय गण्डकी पोखराको सहयोगमा घरबाटै पक्राउ गरेको हो।

पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो। गत माघ १८ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले विशेष सूचनाका आधारमा मेचीनगर-६ स्थित गैरी गाउँमा नेपाल–भारतको ९०र१ तथा ९०र२ नम्बर सीमा पिलरबीच मेची नदीको बालुवामा गाडिएको अवस्थामा खैरो पाङ्ग्रे झोलाभित्र इलेक्ट्रोनिक डेटोनेटर ८० थान र नेपोलाइट ९१ थान बरामद गरेको थियो। 

यसरी पक्राउ परे चिरन

सशस्त्रले दशगजा क्षेत्रबाट विस्फोटक पदार्थ बरामद गरेपछि झापा प्रहरीले घटनाको अनुसन्धान शुरु गर्‍यो। प्रहरीका अनुसार माघ ११ गते पक्राउ परेका मगर म्याग्दीबाट पोखरा आई त्यहाँबाट रात्रिबस चढेर भोलिपल्ट काँकडभिट्टा बजारमा झरेको र भारत प्रवेश गरी मेघालय राज्यको सिलोङ्ग पुगे। सिलोङ्गमा केही दिन बसेर उनले त्यहाँबाट ३ हजार भारतीय रूपैयाँमा ८० थान नेपोलाइट र ९१ थान इलेक्ट्रिक डेटोनेटर किने। त्यसपछि माघ १८ गते उनी नेपाल प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पाठकले बताए।

मगर नेपाल आएपछि मेचीनगर-७ गैरी गाउँमा पुगेर एउटा सिटी सफारी चालक भेटेर आफ्नो झोलामा ब्याट्री छ र उक्त झोला लिएर काँकडभिट्टाको कृष्ण होटलसम्म ल्याउनुपर्ने भने। झोला ल्याएबापत सिटी चालकलाई उनले एक हजार दिने भनेका थिए। चालक घटनास्थल पुगेर झोला हेर्दा विस्फोटक पदार्थ रहेको थाहा पाएपछि तत्काल सशस्त्रलाई खबर गरेका थिए।

चालकले दिएको बयानका आधारमा मगरको पहिचान गरी उनलाई म्याग्दीबाट पक्राउ गर्न सफल भएको डिएसपी पाठकले बताए। ‘प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका मगर कुनै भूमिगत राजनीतिक सङ्गठन तथा आपराधिक समूहमा संलग्नता रहेको देखियो,’ उनले भने, ‘ढुंगाखानीका ठेकेदारहरूलाई खानीमा ब्लाष्टिङ्ग गराउन प्रति सेट नेपाली ३ हजारदेखि ३ हजार ५ सय रूपैयाँसम्ममा बिक्री गर्न विस्फोटक पदार्थ खरिद गरी ल्याएको पाइयो।’

मगरलाई झापा जिल्ला अदालतबाट म्याद थपेर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विस्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा दर्ता गरि अनुसन्धान अघि बढाएको उनले बताए।

यस्तो छ चिरनको पृष्ठभूमि

पक्राउ परेका मगर सामान्य मजदुर हुन्। उनी २०७२ सालमा भारतको सिलोङ्गस्थित कोइला खानीमा काम गरेर ६ महिनापछि नेपाल फर्किए। फर्किएपछि उनी केही समय वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पनि गए। मलेसियाबाट फर्किएपछि गाउँघरमै खेतीपाती गर्ने र कहिलेकाहीँ ढुंगाखानीमा मजदुरी गर्दै आएको इलाका प्रहरी कार्यालय काँकडभिट्टा डिएसपी सुनिल दाहालले जानकारी दिए।

रुम गाउँ र बाग्लुङ्ग जिल्लाको तार खोला, खोला खर्क गाउँमा ठुल्ठूला ढुंगाखानी रहेका र ती ढुंगाखानीमा ढुंगा फोर्न स्थानीय तहले ठेक्का लगाएका छन्। सो आम्दानीबाट स्थानीय तहले विद्यालय सञ्चालन तथा विकास निर्माणमा खर्च गर्दै आइरहेको बुझिएको छ।

ढुंगाखानी फुटाउन अत्यन्त कठिन हुने र जनशक्ति पनि धेरै खर्च हुने भएकाले विस्फोटक प्रयोग गरे थोरै खर्चमा खानी सञ्चालन गर्न सकिने आँकलन ठेकेदारले गरे। यसका लागि मगरले भारतबाट विस्फोटक पदार्थ ल्याउने काम शुरु गरे। उनले २०७२ सालमा नेपाल फर्किएलगत्तै त्यहाँबाट १ सय ५० थान नेपोलाइट र त्यतिनै  डेटोनेटर प्रति सेट भारू ३ सय ५० मा किनेर बाग्लुङ लगेका थिए।

त्यस वेला उनले ढुंगाखानीका ठेकेदारहरूलाई प्रति सेट ८ सयको दरले बिक्री गरेका थिए। दोस्रो पटक २०७४ सालमा पनि सिलोङ्ग गई ५० सेट नेपोलाइट र डेटोनेटर लिएर आएका उनले प्रति सेट एक हजारको दरले बेचे। तेस्रो पटक उनले २०७५ चैत ११ गते सिलोङ्ग गई नेपोलाइट र डेटोनेटर किनेर ल्याउने क्रममा दार्जिलिङ जिल्ला पानीटंकी सीमानाकामा भारतीय प्रहरीले डेटोनेटर ३ सय ५० थान र नेपोलाइट २ सय १ थानसहित पक्राउ गरेको थियो।

यसमा उनी ६ महिना सिलिगुडी जेलमा कैद भुक्तान गरी रिहा भए। सोही वेला उनको ५० थान डेटोनेटर र १ सय ९९ थान नेपोलाइट भएको अर्को झोला काँकडभिट्टा भन्सार गेटनजिक बेवारिसे अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले फेला पारेको थियो। विस्फोटनसम्बन्धी कसुर गरेकोमा उनलाई झापा जिल्ला अदालतले त्यस वेला ३० हजार रूपैयाँ धरौटीमा रिहा गरेको डिएसपी दाहालले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP