Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

साढे २ किलो ‘सुन जडित कपडा’ सहित चारजना विमानस्थलबाट पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सुनसहितको कपडा‘सहित चारजना पक्राउ परेका छन्।

दुबईबाट आएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ का २४ वर्षीय सोमबहादुर बिकलाई एक किलो र मोरङ पथरी शनिश्‍चरे ४ का २८ वर्षाय रिवाज गजमेर तथा अन्य दुईजनालाई साढे एक किलो ‘सुनसहितको कपडा‘सहित पक्राउ गरेको हो।

साउन २९ गते विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्दा उनले लगाएको खैरो रङको कटनको पाइन्ट र कालो–खैरो छिर्के भित्री वस्‍त्र अस्वाभाविक देखिएको र चेकजाँच गर्दा अन्य कपडाको भन्दा फरक किसिमको आकृति देखिएपछि प्रहरीले उनलाई सोधपुछ गरको थियो। 

जवाफमा उनले सो कपडा लिन सिन्धुपाल्चोक भोटेकोशी ५ का धनबहादुर बिक आउने बताएका थिए। उनको बयानका आधार प्रहरीले ३० वर्षीय धनबहादुरलाई नियन्त्रणमा लिएको थियो। उनीसँग सोधपुछ गर्दा सुनसहितको कपडा लैजानका लागि आएको हुँ बताएको विमानस्थल प्रहरीले जनाएको छ।

त्यसैगरी साउन ३० गते दुबईबाटै आएका मोरङ पथरी शनिश्‍चरे ४ का २८ वर्षाय रिवाज गजमेरलाई पनि प्रहरीले पक्राउ गरेको छ । चेकजाँचमा क्रममा खरानी रङको कटनको पाइन्ट, खैरो रङको गन्जी र कालो खैरो छिर्के भित्री वस्‍त्रको तौल अस्वाभाविक रूपमा एक केजी ७०० ग्रामको देखिएपछि प्रहरीले सोधपुछ गरेको थियो।

उनले पछि सुनसहितको कपडा भएको जवाफ दिएका थिए। साथै उनले सो कपडा लिन शेखर नाम गरेको व्यक्ति आउने बताएका थिए। उनैलाई शेखर भनिएको व्यक्तिलाई बोलाउन लगाउँदा सिन्धुली कमलामाई ५ का २६ वर्षीय सागर न्यौपाने आएको प्रहरीले जनाएको छ।

उनीहरूलाई सबैलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP