Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जना पक्राउ

बागलुङ : बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ।   

धादिङ घर भई बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा बस्दै आएकी सपना थापाकी ६ वर्षीया छोरी सुहाना तामाङलाई अपहरण गर्ने खोजेको आरोपमा प्रहरी जवान शंकर आचार्य र जैमिनी नगरपालिका वडा नम्बर ७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई  प्रहरीले नियन्त्रणमा लिएको हो।

बागलुङ नगरपालिका वडा नम्बर २ हल्लनचोकमा बालिकालाई गाडीमा राखेर उनका बुवा पसलमा गएको बेला प्रहरी जवान आचार्य र ति महिलाले बालिकालाई बुद्ध विहार तिर लैजाँदै गरेका थिए। स्थानीयले र प्रहरीले उनीहरुलाई रोकेका थिए। दुबै जना मदिराले लठ्एिका थिए। उनीहरुसँगै अर्का एक प्रहरी जवान समेत सँगै थिए।

अपहरण आरोपमा प्रहरी नियन्त्रणमा रहेका आचार्य र केसीले बालिका भएको स्थानमा पुगेका स्थानीयलाई तथानाम गाली गरेको प्रत्यक्षदर्शी रुद्र महतले बताए। बालिकाकी आमा सपना थापाले प्रहरीबाटै नागरिक सुरक्षित नभएको बताइन्। उनले आफू कार्यालयमै रहेको र श्रीमान तरकारी लिन गएको समयमा प्रहरी र महिला मिलेर आफ्नो छोरी अपहरण गर्न खोजेको बताइन्। स्थानीयले नभेटको भए आफ्नो छोरीलाई जे पनि हुन सक्ने भन्दै कडा कारबाहीको माग गरिन्।

प्रहरीले ति दुई जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेपछि स्थानीयहरुको ठूलो संख्या त्यहाँ उपस्थित भएका थिए। उनीहरुले दुबै जनालाई कडा कारबाहीको माग गरेका छन्। जिल्ला प्रहरी कार्यालयमा पुगेकी एक महिलालाई त्यहाँका अर्का एक मदिरा सेवन गरेका जवानले अभद्र व्यवहार गरेका थिए। उनले महिलालाई अभद्र व्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालय अगाडि एक छिन् तनाब सिर्जना भएको थियो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले अपहरण होइन भन्ने विषयमा अनुसन्धान सुरु भएको र मदिरा सेवन गरेका प्रहरी जवानलाई समेत कारबाही गर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP