Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सरकारी कोषको तीन करोड आफ्नो नाममा गर्नेलाई ९ वर्ष जेल

काठमाडौं : विभिन्न तीन कार्यालयमा कार्यरत रहँदा सरकारी कोष दुरुपयोग गरेको अभियोग लागेका तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकाललाई विशेष अदालतले  नौ वर्ष कैद सजाय सुनाएको छ। 

गोरखापत्र दैनिकमा नारायण काफ्ले लेख्छन्, इलामको माई नगरपालिका, उदयपुरको कटारी नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा रहँदा सरकारको कोषको रकम अनियमितता गरेको कसुरमा अदालतले ढकाललाई कैद र बिगो जफतको फैसला गरेको हो। 

अदालतले विभिन्न कसुरमा बुधबार सजाय निर्धारण गरेको हो। कसुर ठहर भने भदौ ९ गते नै भइसकेको थियो। फैसलामा चित्त नबुझ्ने पक्षले सर्वोच्चमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले कसुर ठहर र सजाय निर्धारण गरेको हो। ढकाललाई भएको कैद सजायको करिब आधा भुक्तान गरिसकेका छन्। अदालतले चार करोड १३ लाख बिगो जफतको फैसला पनि गरेको छ। सबै मुद्दामा सात करोडभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर भएको थियो। 

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले मुद्दामा भदौ ९ गते कसुर ठहर भएको र बिहीबार सजाय निर्धारण भएको बताउनुभयो। योगीका अनुसार ढकालसँगै मुद्दामा प्रतिवादी बनाइएका माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालिदास ढकाललाई सफाइ दिइएको छ। बिगो जफतका हकमा प्रतिवादी बनाइएको हकमा भने सोहीअनुसार फैसला भएको प्रवक्ता योगीले बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरुमा ढकालविरुद्ध इलाम र उदयपुर प्रकरणमा मात्र मुद्दा दायर गरेको थियो। २०७५ साउन २० गते अदालतमा मुद्दा दायर भएको थियो। विशेषमा मुद्दा विचाराधीन रहेकै अवस्थामा ढकालविरुद्ध पुनः अर्को प्रकरणमा २०७५ चैत ३ गते मुद्दा दायर भएको थियो।

अख्तियारले ढकालले माई नगरपालिकाको तीन करोड २४ लाख ५६ हजार १८४ रुपैयाँ सरकारी कोषमा जम्मा हुनुपर्ने रकम आफ्नो खातामा जम्मा गरेको दाबी गरेको छ। उक्त रकम ढकालले श्रीमती र आमाका नाममा जम्मा गरेका थिए। रकमको लाभबाट आफन्तका नाममा जग्गा लेनदेनसमेत गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो। 

यस्तै उदयपुरको कटारीमा रहँदा पनि ढकालले नगरपालिकाको सञ्चित कोष खातामा रहेको रकम आफ्नो खातामा जम्मा गरेको, एकै महिनामा दोहोरो तलब जम्मा गरेको समेत भेटिएको थियो। सरकारी कोषको कुल तीन करोड नौ लाख ३६ हजार ९८७ रुपैयाँ हिनामिना गरेको आरोप अख्तियारको थियो। यस्तै ढकालले जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुम्बुमा रहँदा १४ लाख ८९ हजार रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो। गलत लिखत बनाएर उक्त रकम हिनामिना गरेको आरोप ढकालमाथि अख्तियारको थियो। 

ढकालले अधिकांश रकम श्रीमती, आमा, सासू तथा साथीको खातामा समेत राखिएको अनुसन्धानबाट खुलेको थियो। उनीहरूलाई पनि रकम जफतको हकमा विपक्षी बनाइएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP