Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

भकारीमा भेटियो भारतबाट चोरिएको ८ लाख भारू

धनगढी : कैलालीस्थित एक स्थानीयको घरबाट प्रहरीले ८ लाख भारतीय रूपैयाँ बरामद गरेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१८ को एउटा घरबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको हो।

उपमहानगरको फूलबारी क्षेत्रकी ३२ वर्षीया हिरा विकको घरमा भारतीय ८ लाख रूपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उक्त रकम भारतबाट चोरी गरेर नेपाल ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले हिराको घरमा गहुँ राख्ने भकारीभित्र लुकाएर राखिएको अवस्थामा उक्त रकम फेला पारेको थियो।

कैलाली प्रहरीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले सो रकम बरामद गरिएको पुष्टि गरे। हिरा केही दिनअघि भारतको मुम्बईबाट नेपाल फर्किएको बुझिएको छ। 

प्रहरीले फरार विकलाई धनगढी उपमहानगरपालिकाको बेहडाबाबा क्षेत्रबाट पक्राउ गरेको जानकारी दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP