Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

नागरिकता लिन नि दुई महिना !

कपिलवस्तु । कपिलवस्तुकाे इलाका प्रशासन कार्यालय चन्द्राैटाले नागरिकता बनाउन करिब २ महिना लगाउने गरेकाे छ । प्रशासन कार्यालयले नागरिकताका लागि सेवाग्राहीलाई ५१ दिनपछि पालाे दिने गरेकाे पाइएकाे छ । सेवाग्राहीले कर्मचारीकाे लापरवाहीले नागरिकता लिन समस्या भएको बताएका छन् । कर्मचारीलाई पैसा दिए एक दिनमै नागरिकता बनाई दिने र नदिए करिब २ महिना लगाउने गरेकाे आराेपसमेत लगाएका छन् । 

यता प्रशासनले सेवाग्राहीकाे भीडले समय लम्ब्याएकाे दाबी गरेकाे छ । कार्यालयले सेवा प्रवाहलाई सहज बनाउन गत १३ गतेदेखि सेवाग्राहीलाई नागरिकता लिन टाेकन दिँदै आएकाे छ । कार्यालयले गत भदाै २३ गते दिएको एक सेवाग्राहीकाे १८ नम्बर टाेकनमा ५१ दिनपछि नागरिकता लिन आउने भनि उल्लेख गरेकाे छ । 

कार्यालयका अनुसार अहिले बिना टाेकन ७ सय र टाेकनसहितकाे ६ सय गरि १३ सय नागरिकता बनाउने कार्य पेन्डिङ्गमा रहेकाे छ । टाेकन अनुसार इलाका प्रशासनले एक दिनमा ४० देखि ६० जना सेवाग्राहीलाई नागरिकता वितरण गर्दै आएको दाबी गरे पनि प्रति दिन ३३ जनाले मात्र नागरिकता पाउने गरेकाे देखिन्छ । नागरिकता ढिलाे बन्ने भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छ । 

सूचना अधिकृत हिमलाल विश्वकर्माका अनुसार नागरिकता लिने व्यक्तिको अत्याधिक चापले सेवाग्राहीलाई धेरै समय लाग्ने गरेकाे बताए । नयाँ नागरिकता लिने र राष्ट्रिय परिचय-पत्र बनाउने कार्य जारी हुँदा नागरिकताकाे प्रतिलिपि लिनेकाे संख्या धेरै हुने भएकोले ढिलाे हुने गरेकाे उनले दाबी गरे । कार्यालयमा जनशक्ति (कर्मचारी) अभावले कार्यालयले साेँचे अनुसार काम हुन नसकेकाे जिकिर गर्दै सेवाग्राहीले लामाे समय कुर्नुपर्ने अवस्थाकाे सिर्जना भएकाे अधिकृत विश्वकर्माकाे भनाइ छ । 

यस्तै सेवाग्राहीकाे गुनासोलाई मध्यनजर गर्दै नेकपा एकीकृत समाजवादीका शिवराज नगर कमिटी अध्यक्ष सराेज पाैडेलले सुशासनलाई पारदर्शी बनाउन ध्यानाकर्षण गराएका छन् । बुधबार कार्यालयमा गई सेवाग्राहीलाई सहज वातावरणमा सेवा दिन सूचना अधिकृत हिमाल विश्वकर्मा समक्ष उनले अनुरोधसमेत गरे । कर्मचारीले नागरिकता बनाए वापत सेवाग्राहीसँग अवैध रकम असुल्ने गरेकाे  जनगुनासो आएकाे भन्दै निगरानी बढाउनुपर्नेमा पाैडेलले जाेड दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP