Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

लागुऔषध ओसारपसारमा महिला प्रयोग, ६ जना समातिए

काठमाडौं : लागुपदार्थ ओसारपसारमा महिलाको प्रयोग हुन थालेको पाईएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार मात्रै तीनजना महिलालाई लागुपदार्थ चरेससहित नियन्त्रणमा लिएको छ। तीमध्ये एक महिलाको साथमा दुधेशिशुसमेत रहेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका-८ की ४२ वर्षीया कल्पना मोक्तान, ३६ वर्षीया कवितामाया बल र २३ वर्षकी रीता विश्वकर्मा रहेका छन्। रीताको साथमा दुधेशिशुसमेत रहेको पर्साका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए।

उनका अनुसार कल्पना र कवितामायाको साथबाट १३ किलो ८ सय ग्राम चरेस फेला परेको थियो। रीता पनि सोही समूहको भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बुधबार साँझ पर्सागढी नगरपालिका–२ बागवानास्थित सडकखण्डमा जितपुरबाट मनवातर्फ जाँदै गरेको ना २ ह ३१८६ नम्बरको अटो चेकजाँचका क्रममा उनीहरुले लागुपदार्थ झोलामा लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

लागुऔषध ओसारपोसारकै क्रममा अर्का तीनजना पुरुष पनि समातिएका छन्।

वीरगञ्ज महानगरपालिका-११ का ३७ वर्षका पारस महतो, भारत बिहारका १९ वर्षीय कृष्ण पासवान र १९ वर्षकै आशिष पासवान समातिएका डिएसपी गिरीले बताए।

वीरगञ्ज-१७ स्थित सडकखण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एबी ५३१९ नम्बरको मोटरसाइकल जाँच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट डाइजेपाम २५० एम्पुल, नुर्फिन २५०, फेनारगन २५० गरी जम्मा ७५० एम्पुल लागुऔषध बरामद गरिएको छ। पक्राउ परेका ६ जनामाथि लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP