Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

शिक्षिकाको म्याट्रिक सर्टिफिकेट नक्कली ठहर

काठमाडौं : पर्साको भेडीहरवास्थित नेपाल राष्ट्रिय कन्या प्राथमिक विद्यालयकी शिक्षक उर्मिला देवीको म्याट्रिक सर्टिफिकेट नक्कली रहेको खुलेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देवीको म्याट्रिक तहको प्रमाणपत्र नक्कली रहेको ठहर गरी आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

उनले सो विद्यालयमा शिक्षक पदमा नियुक्ति लिन भारतको बिहार विद्यालय परीक्षा समिति पटनाबाट जारी भएको भनी झुटो विवरणको एचएस नक्कली लब्धांकपत्र तथा प्रोविजनल प्रमाणपत्र र तत्कालीन जिल्ला शिक्षा कार्यालय पर्साबाट जारी भएको भनी झुटो अस्थायी अध्यापन अनुमतिपत्र समेत पेश गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार सोही कागजात पेश गरी देवीले २०६६ फागुन २ गते देखि ०६७ असार २५ गतेसम्म अध्यापन गरेको पुष्टि भएको छ।

उनीविरुद्ध अख्तियारले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरेको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेकाले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुने समेतको मागदाबी छ।

सो ऐनको दफा १६ को उपदफा १ मा कुनै व्यक्तिले राष्ट्र सेवकको ओहदा पाउने वा सो ओहदामा बहाल रहने वा कुनै हैसियत, लाभ वा सुविधा पाउने उद्देश्यले शैक्षिक योग्यता, नाम, तीनपुस्ते, उमेर‚ जात, थर, ठेगाना, नागरिकता वा योग्यता वा अन्य कुनै कुराको झुटो विवरण दिएमा उनलाई कसुरको मात्राअनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजारदेखि २० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP