Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

घुस लिँदालिँदै समातिएका पर्यटन मन्त्रालयका उपसचिव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा घुस लिने उपसचिव नेपाल र दिने बि.बि. एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो।

नागरिक उड्डयन महाशाखाका उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालन अनुमतिपत्र उपलब्ध गराइदिन सेवाग्राहीसँग लिएको ६ लाख रूपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको गरेको थियो।

काठमाडौं महानगरपालिका-१ मनकामना मार्गस्थित होटल अरन्याको कम्पाउण्डबाट उनलाई नियन्त्रणमा लिई उनका गाडी खानतलासी गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रूपैयाँ गरी उनको साथबाट जम्मा २२ लाख ५० हजार नगद बरामद गरेको थियो।

अनुसन्धानको क्रममा स्रोत नखुलेको १६ लाख ५० हजार बि.बि. एयरवेज प्रालिको इजाजत नवीकरण सम्बन्धित कार्य सम्पादन गरेकाले एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग सापटी लिएको खुलेको अख्तियारले जनाएको छ।

अख्तियारले यसलाई भ्रष्टाचारजन्य कसुर भन्दै कैद सजायसहित सो रकम जफत गर्न माग गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले दिए।

उनका अनुसार रकम सापटी दिई उपचसचिव नेपाललाई लाभ पुर्‍याएको भन्दै अख्तियारले मतियारका भूमिका निर्वाह गर्ने एयरवेजका कार्यकारी अधिकृत श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP