Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

मन्दिरभित्र पसेको भन्दै दलितमाथि हातपात, वडाध्यक्ष पक्राउ तर पुजारी फरार

धनगढी : बाजुराको एउटा मन्दिरमा प्रवेश गरेको भन्दै दलित पुरुषमाथि कुटपिट भएको छ।

जिल्लाको त्रिवेणी नगरपालिका-७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरेको भन्दै दलितमाथि कुटपिट भएको हो। बुढीगंगा नगरपालिका-५ नवाघर घर भई हाल कन्चनपुर बस्दै आएका ५० वर्षीया टेकेन्द्र सुनारमाथि कुटपिट भएको प्रहरीले जानकारी दिएको छ। 

बाजुरा प्रहरीकाअनुसार नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला दलितले मन्दिर प्रवेश गरेको भन्दै कुटपिट तथा गालीगलौज गरिएको हो। सुनारले मन्दिरमा आफूमाथि कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुरामा निवेदन पनि दिएका छन्।

सुनारले कुटपिट गर्ने त्रिवेणी नगरपालिका-७ का वडाध्यक्ष जुद्ध अयडी, सोही वडाका ५२ वर्षीय रंग उपाध्याय र ३५ वर्षीय विनोद अयडीले कुटपिट गरेको भन्दै निवेदन परेको जिल्ला प्रहरी कार्यालय प्रमुखसमेत रहेका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए।

निवेदनपछि बुधबार त्रिवेणी नगरपालिका-७ का वडाध्यक्ष अयडीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख थापाले बताए। आरोपित अन्य दुईजना भने फरार रहेका छन्। रंग उपाध्याय मन्दिरका पुजारी हुन्। 

पीडित सुनारले मन्दिर क्षेत्रमा हातपातसँगै लुटपाट पनि भएको बताएका छन्। उनले आफूसँग भएको नगद ६० हजार पनि खोसेर लगेको बताए। आफू पूजा गरिरहेको स्थलमा आउन मिल्दैन भन्दै डुम शब्द प्रयोग गरी जातीय विभेद गर्दै कुटपिट र लुटपाट गरेको पीडित सुनारको दाबी छ।

कुटपिटबाट घाइते सुनारको आँखा, कान‚ नाक र शरीरमा चोट लागेको छ। घाइते सुनारको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको बताइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP