Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

दुई सय १० किलो गाँजासहित दुई जना पक्राउ

३ असोज, जनकपुर : २१० किलो गाँजासहित जलेश्वरबाट प्रहरीले २ जना पक्राउ गरेको छ। बुधबार बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी टोलीले जलेश्वर नगरपालिका –१ स्थित महादेव मन्दिर नजिकबाट २१० किलो गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बा प्र ०१–०२६ च ४९२१ नम्बरको पिकअपको जाँच गर्दा उक्त परिमाणमा गाँजा बरामद भएको हो।

बरामदपछि धादिङ जिल्ला थाक्रे गाउँपालिका–७ बस्ने २३ वर्षीय जीवन तामाङ र महोत्तरी जलेश्वर नगरपालिका–७ बस्ने २५ वर्षीय सुरेन्द्र दासलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पिकअपभित्र १४ वटा पोकामा राखिएको गाँजाको चारैतिर मिनरल वाटरको प्याकेटले छोपिएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए।

मकवानपुरबाट लुकाइछिपाइ ल्याइएको र भारतीय सीमा कटाउने योजना हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले यसबारे थप अनुसन्धान थालेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP