Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बारुदको कच्चा पदार्थसहित बैतडीमा महिला पक्राउ

५ असोज, बैतडी : बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ परेकी छिन्।

दशरथचन्द नगरपालिका २ देहिमाडौँकी ४२ वर्षीया पुष्पा बोहरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

भारतीय सीमा नाका झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको से १ ज ४०९ नम्बरको जिपबाट बिहीबार साँझ पक्राउ परेकी बोहराको साथबाट बारुद बनाउन प्रयोग गरिने गन्धकजस्तो देखिने पदार्थ २ केजी र बारुद नै बनाउन प्रयोग गरिने सुराजस्तो देखिने पदार्थ १० केजी गरेर १२ केजी अवैध पदार्थ फेला परेको हो ।

विषेश सुराकीको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जाँच गर्ने क्रममा आलुको बोरामा हालेर ल्याउदै गरेको अवस्थामा दशरथचन्द नगरपालिका ८ मौराभिरबाट उक्त कच्चा पदार्थ सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP