Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते

६ असोज, दाङ : दाङमा खुकुरी प्रहारबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ, भने २ जना गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो करिब साढे २ बजेतिर जिल्लाको तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराका करिब ३९ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गर्दा सोही ठाउँकी रिता लामिछानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

उनी आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाँटीमा एक्कासि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

यस्तै, २ जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए। गम्भिर घाइते हुनेमा सोही ठाउँ ४५ वर्षीय वीरबहादुर हमाल र करिब ६५ वर्षीया कमला कुमारी हमाल छन्।

कमलालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेतर्फ रिफर गरिएको छ। वीर बहादुरको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

साथै प्रहरीले खुकुरी प्रहार गर्ने टेक बहादुरलाई निजकै घरभित्र लुकिछिपी बसेको अवस्थामा खुकुरीसहित पक्राउ गरेको छ। खुकुरी किन र के कारणले प्रहार गरेको भन्ने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP