Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सासूको हत्या आरोपमा बुहारी पक्राउ

२१ असोज, सल्यान : सल्यानमा सासूको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ। सासूको हत्याको आरोपमा १८ वर्षीया बुहारी शर्मिला बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो।

गत असोज १८ गते बिहान घरभित्रै भकारीमा मृत अवस्थामा फेला परेकी सल्यान सिद्धकुमाख गाउँपालिका–४ खार्वनकी ४९ वर्षीया गणेशी रोकाको बुहारीले हत्या गरेको प्रहरीले जनाएको छ।

घरभित्रै भकारीमा मृत भेटिँदा घटना शंकास्पद भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा र पोष्टमार्टम रिपोर्टमा समेत हत्या भएको खुलेपछि शर्मिलालाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताए।

शर्मिलालाई अहिले हिरासतमा राखिएको र जिल्ला अदालतबाट म्याद थप गरिएको कार्कीले जानकारी दिए। पोष्टमार्टम रिपोर्टमा मृतकको टाउको र छातीमा चोट लाग्नुका साथै घाँटीमा नीलडाम देखिएको उनको भनाइ छ।

शर्मिलाको गत वैशाखमा मात्र गणेशीका छोरा २१ वर्षीय अमरसँग बिहे गरेकी थिइन्। शर्मिलाले सासूले दैनिकजसो गाली गरेकै कारण आवेशमा आएर टाउको र छातीमा दाउरा प्रहार गरेको र सल घाँटीमा बेरेर मारेको स्विकारेको प्रहरीको भनाइ छ।

उनले आफूले मारेर कसैले थाहा नपाओस् भनी भकारीमा लुकाएको स्विकारेको प्रहरीले जनाएको छ।

१५ गतेदेखि आमा हराएको भन्दै गणेशीका छोराछोरीले प्रहरीमा उजुरी दिएपछि खोज्दै जाँदा भकारीमा १८ गते बिहान शव फेला परेको थियो। १५ गते नै शर्मिलाले सासुको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP