भैरहवा : बाक्लो हुस्सु र शीतलहरले रुपन्देहीको भैरहवा र आसपास क्षेत्रमा जनजीवन प्रभावित भएको छ। गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट २ दिनदेखि हवाई उडान प्रभावित भएको छ।
अझै केही दिन मङ्गलवार र बुधवारको जस्तै बाक्लो हुस्सु, कुहिरो र शीतलहर चल्ने सम्भावना देखिएको छ। सडकमा सवारीसाधन न्यून सङ्ख्यामा चलेका छन्।
पैदल यात्रु पनि थोरैमात्र छन्। स्थानीय सर्वसाधारण चिसोबाट जोगिन सडक किनार‚ पेटी र चोकमा आगो बालेर तापिरहेका छन्।
गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद रावतले सामान्य अवस्थामा हवाई उडान सञ्चालनका लागि १ हजार ८ सय मिटरको भिजिबिलिटी चाहिने तर त्यसअनुरुप भिजिबिलिटी नभएकाले हवाई उडान हुन नसकेको जानकारी दिए।
बुद्ध, यति र श्री एयरलायन्सले दैनिक भैरहवा-काठमाडौँ १८ देखि २० वटा र पोखराका लागि एउटा हवाई उडान सञ्चालन गर्ने गरेका छन्। दैनिक सरदर २ हजार ६ सय जनाले यो विमानस्थल हुँदै हवाई यात्रा गर्छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया