Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

चन्द्रागिरि डाँडामा पुगेर सर्जकले यसरी सम्झिए पृथ्वीनारायण

रासस

काठमाडौं : कवि तथा सर्जकहरूले सिर्जनात्मक शैलीमा राष्ट्रनिर्माता मा पृथ्वीनारायण शाहको स्मरण गरेका। शनिबार नेपाल एकीकरणको इतिहास जोडिएको ऐतिहासिक डाँडा चन्द्रागिरि पुगेर त्यहाँस्थित पृथ्वीनारायणको सालिकसामु रचनावाचन चन गरी कविहरूले उनीप्रति श्रद्धाभाव प्रकट गरेका हुन्।

पृथ्वीनारायण शाह आफ्नो मावली घर नुवाकोट यही डाँडाको बाटो हुँदै जाने क्रममा हालको भालेश्वर मन्दिर वरपरबाट उपत्यकाको सुन्दरता देखेपछि कीर्तिपुरसहितको काठमाडौँ खाल्डोलाई गोरखा राज्यअन्तर्गत एकीकरण गर्ने कामना गरेको इतिहासकार बताउँछन्। त्यसैले यो ऐतिहासिक चन्द्रागिरि डाँडामा उनको सालिक निर्माण गरेको छ। यहाँ बर्सेनी पुस २७ मा कार्यक्रम आयोजना हुन्छ।

जसले देख्यो सुनौलो सपना चार किल्ला तोडेर
उसैले उन्यो इन्द्रेणी माला सयौँ फूल जोडेर
जसले रच्यो, नेपालको नक्सा, सयौँ देश जोडेर
धर्तीको स्वर्ग छैन कहीँ अन्त नेपाल छोडेर।

कवि एवं गीतकार एसपी कोइरालाले यी शब्दमार्फत् पृथ्वीनारायण शाहलाई सम्झिए। चार किल्ला तोडेर सुनौलो सपना देख्ने र सयौँ फूल जोडेर इन्द्रेणी माला उन्ने व्यक्तिका रूपमा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै कविले नेपाल धर्तीकै स्वर्ग रहेको र यस्तो अन्यत्रै कतै नभएको भाव पोखे। अर्का वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठ आफ्नो सिर्जनामा पृथ्वीनारायण शाहलाई यसरी सम्झिए‐

जोडेर धेरै मनहरू
फोडेर धेरै किल्लाहरू
यो देश बनाउने
अपराधी मै हुँ
गुमनाम तिमीलाई
नाम दिएर
स्वाभिमान तुल्याउने
अपराधी पनि मै हुँ
जजस्ले आँखा लगाए
यो माटोमाथि
गर्दन रेटेर तिनीहरूको
खुँडा पखाल्ने पनि मै हुँ
हो, यो देश बनाएर
अपराध गरेको भन्छौ भने
त्यो अपराधी पनि मै हुँ
हो, यो देश बनाउने
अपराधी मै हुँ।

अर्का कवि डा. नवराज लम्सालले चाहे जस्तोसुकै अवस्था र परिस्थिति आए पनि देशको साँधसीमामा कसैलाइ पनि ढिम्कन नदिन नेताहरूलाई आग्रह गरे-रोक्ला रोकोस जमिन जल जे रोकियोस्, रोक्न देऊ
छेक्ला छेकोस वर र पर जे छेकियोस्, छेक्न देऊ
बोल्ला बोलोस्, वचन बिटुलो बोल्छ जे बोल्न देऊ
नेताजी हो, तर मुलुकको साँधसीमा नदेऊ।

त्यसैगरी वरिष्ठ कवि मणि लोहनीले ‘मानचित्रमा उभिएर’ शीर्षकको सिर्जनामा मानिसले बनाएका नक्साभित्रका धर्साहरूले कहिल्यै मानिसलाई आफ्नो हुन नदिएका र सिमानाका नाममा सदैव छुट्टाइरहेका भाव पोखे। अर्का वरिष्ठ कवि एवं चलचित्र निर्देशक राजेन्द्र शलभले ‘स्वतन्त्रता’ शीर्षकको सिर्जनामा स्वतन्त्रताको घेरालाई मानिसले नै सधैँ खुम्चाउने दुस्प्रयास गरिरहेको अभिव्यक्ति राखे।

अर्का कवि किशोर पहाडी देशलाई एउटा ठूलो आकाशसँग तुलना गरे-

देश ठूलो आकाश हो
जहाँ केही ताराहरू अन्धकारमा सुत्ने गर्छन्
जहाँ केही चराहरू गुँडमा लुक्ने गर्छन्
केही चराहरू निस्फिक्री उड्ने गर्छन्
हो, देश यस्तै ठूलो आकाश हो।

‘खै एकताको बल’ शीर्षकको वरिष्ठ कवयित्री प्रभा भट्टराई आचार्यले नेपालमा एकताको बल घट्दै गएको सङ्केत गरिन्। नेपालमा यतिखेर धेरै जाति र धर्म भएर पनि नेपाली हुन बिर्सिएका नेपालीको अवस्थालाई उनले चित्रण गरिन्-

त्यो माझी, म सतार, यो गुरूङ, यो नेवार, यो बाहुन
थारू त्यो, खस यो, दरै दलित यो, शेर्पा कि भोटे कुन रु
मै हूँ मात्र सबै अलग अलगै चल्दै छ है खल्बल
नेपाली हुन बिर्सिए स्वजनले खै एकताको बल रु

‘समय, सपना र स्वर’ शीर्षकको कवितामा कवयित्री एलिसा ढुंगानाले पृथ्वीनारायण शाहलाई समयले खोजेको राजाका रूपमा स्मरण गरिन्-

निर्वाचित निरंकुशताले आजित म
पल्टाइरहेछु विशाल नेपालको इतिहास
र देख्छु,
प्रेम, एकता र सत्यमा अडिग
समयले खोजेको राजा
पृथ्वीनारान शाह।

कार्यक्रमको अन्त्यमा कवि एसपी कोइरालाले सर्जकहरूका सिर्जनामा पृथ्वीनारायण स्वयंउपस्थित भएर नेपालीहरूलाई प्रश्न सोधेजस्तो लागेको अनुभूति भएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP