Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बाढी-पहिरोले ३८१ सडक पूर्वाधारमा क्षति, १७४ सरकारी भवन बनाउनुपर्ने

 

काठमाडौँ : सरकारले चालु वर्षको वर्षायाममा आएको बाढी-पहिरोका कारण ३८१ सडक र पुललगायतका पूर्वाधारमा क्षति भएको जनाएको छ।

सोमवार राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै सातै प्रदेशमा बाढी पहिरोका कारण साना–ठूला गरी उक्त क्षति भएको जनाएको छ।

असार, साउन, भदौ र असोजमा आएको बाढीका कारण सबैभन्दा बढी बागमतीमा क्षति भएको देखिएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिए। उनले बाढीले क्षति गरेका १७४ सरकारी भवनहरु पुनःनिर्माण गर्नुपर्ने अवस्था रहेको बताए।

उनले बाढीको कारण ऊर्जा तथा जलस्रोतका २ हजार १९ वटा आयोजनाहरू पुनःनिर्माण गर्नुपर्ने देखिएको बताए। उनले विपद्पछि पुनःनिर्माणको लागि गर्नुपर्ने कतिपय कामहरू गर्न सरकारले आइतवार गरेका निर्णयले सहज भएको बताए।

उनले सातै प्रदेशमा भएको क्षति पुनःनिर्माणको लागि इन्जिनियरहरू आवश्यकता पर्ने भएकाले सातै प्रदेशमा रहेका इन्जिनियरहरूलाई आवश्यकताका आधारमा सबैतिर खटाएर काम गर्ने निर्णय आइतवार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठकले गरेको बताए।

उनले पुनःनिर्माण प्रक्रियालाई अगाडि बढाउनको लागि पनि अड्किएर बसेका कामहरु निजी आवास पुनःनिर्माणका लागि कार्यविधि स्वीकृत भएसँगै अगाडि बढ्ने बताए।

सरकारले विपदमा राम्रोसँग सूचना सञ्चार हुन नसकेका कारणले क्षति बढेको अवस्थालाई मूल्याङ्कन गरी प्राधिकरणले जोखिम न्यूनीकरणका लागि सूचना तथा सञ्चार योजना पनि जारी गरेको बताए।

त्यस्तै सरकारले विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड नेपाल सरकारले जारी गरेको बताइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP