Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

विद्यार्थीलाई खाजा खुवाउन विद्यालयको कौसीमा फलाइयो तरकारी

रासस

बागलुङ : बागलुङ नगरपालिका–९ को तित्याङ माध्यमिक विद्यालयको कौसीमा यतिबेला आलु, बन्दा, काउली र ब्रोकाउली फलेका छन्। उत्पादित तरकारी विद्यालयकै चमेना गृहमा दिवा खाजाका लागि प्रयोग भइरहेको छ।

विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयको कौसीमा विभिन्न प्रकारका तरकारी फलाएका हुन्। यी तरकारी उनीहरुले आफैँ पनि पकाउँछन् भने केही र बिक्री पनि गर्छन्।

तीन वर्ष पहिले प्रत्येक विद्यार्थीले रु ५० सङ्कलन गरेर ५० वटा गमला किनेका थिए। गमलामा मौसमअनुसारको तरकारी रोप्थे। फलेपछि शिक्षक विद्यार्थीले बाँडेर खान्थे। विद्यालयले विद्यार्थीलाई उत्पादनसँग जोड्न र स्थानीय पाठ्यक्रमअनुसार अध्यापनका लागि ‘स्थानीय उत्पादन’ शीर्षकमा ५० पूर्णाङ्कको प्रयोगात्मक सिकाइका लागि तरकारीखेतीमा प्रोत्साहन गरेको थियो।

तित्याङ्का विद्यार्थीले गमलामा तरकारीखेती गरेको जानकारी पाएपछि सामाजिक क्षेत्रमा सक्रिय रहेको संस्थाले सिवाइसीले शिक्षक विद्यार्थीसँग छलफल गरेपछि कक्षा ६ देखि १० सम्मका १६ जना विद्यार्थीलाई समेटेर ‘थ्री जिरो क्लब’ गठन गरेको थियो।

सिवाइसीले जिल्लाका ३५ भन्दा बढी विद्यालयमा ‘शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जन’ (थ्रि जेरो) नामक क्लब गठन गरी विद्यार्थीलाई व्यावसायिकतामा जोड्दै आएको छ।

तीन वर्ष पहिलेदेखि प्रयोगात्मक कक्षाका लागि गमलामा तरकारीखेती गर्दै आएका विद्यार्थीलाई गत साउनमा सिवाइसीले बीउविजनसहित कृषि सामग्री उपलब्ध गराएको थियो। मल, तरकारीको बीउ र नर्सरी व्यवस्थापनका लागि विभिन्न उपकरण समेत सिवाइसीले उपलब्ध गराएको थियो। त्यसयता पक्की भवनको छतमै नर्सरी स्थापना गरेर तरकारी फलाइरहेका छन्। आफैँले उत्पादन गरेको तरकारी दिवा खाजामा समेत उनीहरुले प्रयोग गर्दै आएका छन्। विद्यार्थीले विद्यालयमा मात्र होइन घर–घरमा तरकारीखेती गर्न सुरु गरेका छन्।

कक्षा शिक्षक बिदामा बसेको समय, दिउँसो खाजा खाने समय र आवश्यकता परेको बेला छुट्टीको दिन विद्यार्थीहरु उत्साहित भएर विद्यालय आउँछन्। उनी दिनभरी नर्सरी र तरकारी खेतीमा रमाउँछन्। विद्यालयको थ्रि जिरो क्लबका संरक्षक तथा शिक्षक भूपेन्द्रबहादुर खड्काले भने, “क्लबले यटपटक काउली, ब्रोकाउली र विभिन्न प्रकारका सागका विरुवा उत्पादन गरेर विद्यार्थीलाई वितरण गरेको छ।”

कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने एक सय जना विद्यार्थीलाई विभिन्न हिउँदे तरकारीका विरुवा वितरण गरिएको उनको भनाइ छ। विद्यार्थीले विद्यालयमा मात्रै नभइ घरमा समेत आफैँ तरकारीखेती गरिरहेको क्लबका अध्यक्ष सनिसा क्षेत्रीले बताइन्

“विदेशमा पढ्दै काम गर्दै गर्ने गरेको सुनिन्छ, यहाँ पनि व्यवहारिक शिक्षाको कुरा हुन्छ”, शिक्षक खड्काले भने, “देश सुहाउँदो, हाम्रो भूगोल सुहाउँदो व्यावसायिक कृषि प्रणालीलाई थप व्यवस्थित गर्दै विद्यार्थीलाई उत्पादनसँग जोडेर सानो उमेर मै उद्यमी बन्ने प्रेरणा प्रदान गर्नु स्थानीय उत्पादन कार्यक्रम र क्लबको उद्देश्य हो।”

यस अभियानलाई बागलुङ नगरपालिका वडा नम्बर ९ ले पनि सहयोग गर्दै आएको अध्यक्ष क्षेत्रीले बताए। विद्यालयका प्रधानध्यापक कुमार उपाध्यायका अनुसार तरकारी उत्पादन र बिक्रीका लागि दुई वटा थ्रि जिरो क्लब छन्। एउटा क्लबले उत्पादनको काम गर्छ भने अर्काले बिक्री वितरणको काम गर्छ।

विद्यालयको हरेक शुक्रवार हुने अतिरिक्त क्रियाकलाप र विभिन्न विशेष कार्यक्रममा विद्यार्थीले आफूले उत्पादन गरेका तरकारीका परिकार बनाउँछन् र विद्यालयमै शिक्षक र विद्यार्थीलाई बिक्री गर्छन्। बिक्रीबाट भएको आम्दानी तरकारीको बीउ, मल खरिदमा खर्चने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर थापाले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP