काठमाडौं : पूर्वमन्त्री एवं सांसद सुदन किरातीले ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’ का पात्र प्रकाश तामाङलाई नयाँ घर हस्तान्तरण गरेका छन्। आज(सोमबार) एक कार्यक्रम आयोजना गर्दै तामाङलाई बनेको नयाँ घर हस्तान्तरण गरेका हुन्। किरातीले प्रकाशलाई बधाई दिँदै सबैको साथ सहयोग र श्रमदानबाट घर बन्न सकेको बताए।
उनले हेर्ने कथाका विद्या चापागाईंको प्रशंसा गर्दै भने,‘यो घर हस्तान्तरणमा विद्याजीलाई पनि बोलाऊँ भनेर खबर गरेको थिएँ,तर उहाँले कस्तो मज्जाले जिम्मेवारी अर्थात् आफ्नो सीमाभित्र नपर्ने खबर पठाउनुभयो,साह्रो राम्रो विचारको हुनुहुँदो रहेछ,पछि उहाँलाई थप भेटौँला,म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,उहाँले कुनाकन्दराका मान्छेहरूको वास्तविक कथा उजागर गर्दै आउनुभएको छ।’
उनले घर निर्माणमा १७ लाखभन्दा बढी खर्च लागेको जानकारी दिए। गत भदौ १९ गते भोजपुरको षडानन्द नगरपालिका– १०, साम्पाङमा सुदन किराती र भूतपूर्व गोर्खा सैनिक सङ्घ (गेसो)का अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबा आमाले संयुक्त रूपमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको शिलान्यास गरेका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया