काठमाडौं :काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका- ९ काभ्रेभञ्ज्याङमा गएराति आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ।
प्रहरीका अनुसार काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा शुक्रबार राति ९ः३० बजे विद्युत् ‘सट’ आगलागी हुँदा अन्य दुई घरसमेत जल्नुका का वृद्धाको मृत्यु भएको हो। उद्योगका कामदार काठमाडौं शङ्खरापुर नगरपालिका-१ नाङ्लेभारेका तोयानाथ दङ्गालकी श्रीमती ७० वर्षीया टीकादेवीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। घाइते तोयानाथको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
उद्योगबाट शुरू भएको आगोबाट नजिकका कृष्ण विकको कच्ची घर तथा ध्रुवबहादुर विकको जस्तापाताको टहरोसमेत जलेका छन्। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार आगो पाँच वटा दमकलको सहायताबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा पौने दुई बजे नियन्त्रणमा ल्याइएको थियो।
आगलागीबाट उद्योगको ८० लाख, अन्य दुई घरको १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कनबाट देखिएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पताल लगिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया