Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

 

काठमाडौं : लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ परेका छन्।

कञ्चनपुर, भीमदत्त नगरपालिका -११ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २६ वर्षीय अर्जुन गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बर्दिया, ठाकुरबाबा नगरपालिका-१ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-४ मैनवार बस्ने १७ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भुरिगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-३ बस्ने २२ वर्षीय सुरेन्द्र राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

चितवन, भरतपुर महानगरपालिका-४ दुर्गाचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ६५ ट्याब्लेट, भोमिन ७ सय ९५ ट्याब्लेट र नगद र ८ हजार ४ सय रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-४ रामघाट बस्ने गोरखा शहिद लखन गाउँपालिका-१ घर भएका २४ वर्षीय विवेक आले मगर र सोही महानगरपालिका-३ बस्ने १९ वर्षीय प्रशान्त गुरूङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवन र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा विवेकको कोठाबाट ट्रामाडोल १ हजार ७ सय २० ट्याब्लेट, भोमिन १ हजार ७ सय ३५ ट्याब्लेट र प्रोमेथ १२ ट्याब्लेट समेत फेला पारी बरामद गरेको छ।

कैलाली, गौरीगंगा नगरपालिका-११ झन्झटपुरस्थित घुम्ती पसलबाट लागूऔषध गाँजा ७० ग्राम सहित ४ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-११ बस्ने ३८ वर्षीय तुला राम चौधरी, ३१ वर्षीय श्रवण कुमार चौधरी, २७ वर्षीय अजय चौधरी र २१ वर्षीय विवश चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP