Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

निकुञ्जका कर्मचारीको गोली लागेर जंगली हात्तीको मृत्यु

चितवन : निकुञ्जका कर्मचारीले चलाएको गोली लागेर जंगली हात्तीको मृत्यु भएको छ। चितवन निकुञ्ज कार्यालयका अनुसार गोली लागेर दाह्रा नहुने भाले जंगली हात्ती मकुना मरेको हो।

कार्यालयले आत्मसुरक्षाका लागि गोली चलाउनुपर्ने बाध्यात्मक अवस्था आएको र उक्त गोली लागेर मकुनाको मृत्यु भएको जनाएको हो। बुधबार दिउँसो साढे तीन बजे तिर निकुञ्जको पूर्वी क्षेत्र कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा निकुञ्ज कर्मचारी र मकुनाबीच जम्काभेट भएको थियो।

निकुञ्जका सुचना अधिकारी समेत रहेका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार उक्त हात्तीलाई निकुञ्जको भित्री इलाकामा पठाउन ५–६ वटा हात्तीमा निकुञ्जको पूर्वी सेक्टरका कर्मचारी र निकुञ्ज सुरक्षामा खटेको नेपाली सेनाको नयाँ गोरख गण क गुल्म सौराहाका सेनाहरु दैनिक गस्ती गर्दै आएका थिए।

‘मकुनाले गस्तीमा रहेको हात्ती चुरे गजलाई सिधै आक्रमण गर्न आयो। अन्य विकल्प नभएका कारण दुई राउण्ड हवाइ फायर भयो। त्यसपछि पनि हात्ती नभागेर आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तमाङ हात्तीबाट खसेका कारण ज्यानको सुरक्षा गर्न निकै कठिन भयो’ निकुञ्जले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। त्यो बेला थप तीन राउण्ड हवाइ फायर गरेको निकुञ्जले जनाएको छ।

सो हवाइ फायरपछि मकुना हात्ती केही पर भागे पनि लगत्तै फर्केर आएको थियो। त्यसपछि एक राउण्ड गोली प्रहार गरेको निकुञ्जले जनाएको छ। त्यसपछि दिउँसो साढे एक बजे तिर ढलेको अवस्थामा भेटिएको हात्तीलाई दुई घण्टापछि पशु चिकित्सकको टोलीले मृत घोषणा गरेका हुन्।

नेपालको भाले हात्तीको लामो दाह्रा हुन्छ। दाह्रा नहुने भाले जंगली हात्ती मकुना निकै नै कम हुन्छन्।

गत वर्षको मंसिरमा मकुना चितवन कुमरोजमा देखा परेको थियो। यो वर्षको असोजदेखि मकुना निकुञ्ज आडको बस्ती सौराहा कुमरोज क्षेत्रमा देखा परेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP