Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’?

 

काठमाडौं : बबरमहल सडक खण्डको सडक पेटीमा राखिएको ‘कर्ब स्टोन/ब्लक’ डेढ महिना बितिसक्दा पनि उठाइएको छैन। काठमाडौं महानगरपालिकाले सडक पेटीमा नयाँ कर्ब स्टोन/ब्लक राखेपछि निकालेको पुरानो ती अहिले ब्लक छरपष्ट छन्।

सडक पेटी पैदलयात्रुहरूको लागि हो। तर,त्यही सडक फुटपाथमा त्यसरी ब्लक अस्तव्यस्त हुनेगरि राखेपछि हिँडडुल गर्न समस्या भएको छ। बबरमहलमा भेटिएका सुमन भट्टराईले त्यसरी राखिएका ब्लकले हिँड्डुल गर्नै समस्या भएको सुनाए।

उनले भने,‘ब्लक छरपष्ट छन्, त्यसैले ओहोरदोहोर गर्नै समस्या भयो, गाडी चढ्नलाई पनि समस्या भयो,जो जसले सडक पेटी बनाए पनि समयमै उठाउनु नि।’

यसो भन्छ काठमाडौं महानगर

काठमाडौं महानगरपालिका सार्वजनिक निर्माण विभागका विभागीय प्रमुख सुरज शाक्यले सडक पेटी बनाउन बाँकी रहेकाले ती ब्लक नउठाइएको जानकारी दिए।

‘बबरमहल क्षेत्रको सडकमा ‘सडक पेटी’ निर्माण गर्न बाँकी छ, हामीले काम थालिसकेका थियौँ,’उनले भने,‘तर विद्युत् प्राधिकरणले पहिला तार भूमिगत गर्ने भएकाले काम रोकियो, अहिले प्राधिकरणले भूमिगत तारको काम गरिरहेको छ, ती काम सकिएपछि सडकपेटी निर्माण हुन्छ,त्यसपछि ती पुराना ब्लक पनि उठाउँछौँ।’

सरकारले अव्यवस्थित रूपमा कुरूप देखिएको बिजुली, इन्टरनेट लगायतका तार व्यवस्थित गर्ने भन्दै तारलाई भूमिगत (अन्डरग्राउण्ड) गर्न २०७६ सालबाट काम थालेपनि हालसम्म सकिएको छैन। प्राधिकरणले फुटपाथ नै छेकिने गरी इलेक्ट्रिक क्याबिनेट बक्स राखेपछि पैदलयात्रुहरूलाई समस्या भएको छ। ती निकालिएका ब्लक पैदलयात्रुहरूलाई असर नपुग्नेगरि मिलाएर छेउछेउमा राखिएको उनको भनाइ छ।

पुरानो ब्लक,इँटा के गरिन्छ?

काठमाडौं महानगरपालिकाले पछिल्लो समय सडकपेटी चिरिच्याँट्ट पारेको छ। काठमाडौंको कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र रत्नपार्क क्षेत्रका सडकपेटी बनी सडकपेटी सुधार र मर्मतको कार्य थालेपछि अहिले काठमाडौंका विभिन्न स्थानका सडकपेटी सुन्दर देखिन थालेका छन्।

यति मात्र नभएर सडकपेटी अपाङ्ग मैत्री भएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि हिँड्न सहज हुँदै छ। तर,उप्काइएका ती पुराना इटा,ब्लकहरु के गरिन्छ भन्ने प्रश्न उठ्न थालेको छ।

यस विषयमा सार्वजनिक निर्माण विभागका विभागीय प्रमुख शाक्यले ती पुराना ब्लक, इँटा सरकारी निकायलाई दिने गरिएको जानकारी दिए। उनले भने,‘ती ब्लक, इँटा हामीले आर्मी,प्रहरी लगायत सरकारी निकायलाई दिन्छौँ,उहाँहरूले आवश्यक ठाउँमा प्रयोग गर्नुहुन्छ।’ उनले ती पुराना ब्लक,इटा निःशुल्क दिने गरेको जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP