Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी

 

काठमाडौं : सांसद अशोककुमार चौधरीले ताप्लेजुङको मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन र सांस्कृतिक अतिक्रमण गरेको बताएका छन्। आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकमा उनले गोली चलाएर भन्दा पनि शान्तिपूर्ण वार्ताबाट समस्या समाधान गर्न माग गरेका हुन्।

उनले त्यस्ता घटना नदोहोर्‍याउन पनि सरकारसँग माग गरे। उनले भने,‘ताप्लेजुङको पवित्र भूमि मुक्कुम्लुङमा निर्दोष नागरिकको रगत बगाइएको छ,केबलकार निर्माणको नाममा सरकारले बल जबरजस्ती दमन र सांस्कृतिक अतिक्रमण गरेको छ,स्थानीयको आवाज दबाउन बन्दुक ताक्ने रबय पूर्णरुपमा अस्वीकार्य छ,यस्तो हिंसा दमनकारी पूर्ण नदोहोरियोस्,घाइतेहरूको निःशुल्क उपचार होस, शान्तिपूर्ण ढंगले समस्या समाधान होस।’

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका विषयमा जारी विवाद अझै कायमै छ। आन्दोलनरत पक्षले कुनै पनि हालतमा केबलकार निर्माण नहुनुपर्ने अडान लिएको छ। माघ २२ गते आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएपछि केबलकार निर्माण कार्य रोकिएसँगै तत्काल बन्द फिर्ता लिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP