Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’

 

काठमाडौँ : सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विवेक बैजूले पछिल्लो केही वर्षदेखि यो मौसम (हिउँद)मा हिउँले ढाकिएको क्षेत्र अहिले भने हिउँविहीन भएको बताएका छन्।

हिजो (बिहीवार) क्लिन इनर्जी नेपाल, हरिण नेपाललगायत संस्थाले सोलुखुम्बुको स्यानबोचेमा आयोजना गरेको जलवायु न्यायसम्बन्धी संगोष्ठीमा उनले यस्तो बताएका हुन्।

उनले जलवायु परिवर्तनका चुनौतीहरूबारे प्रकाश पार्दै भने, ‘जलवायु परिवर्तनका कारण निकुञ्जभित्रका जैविक विविधतामा असर परे पनि राष्ट्रिय निकुञ्ज भएकोले केही हदसम्म संरक्षण हुन सकेको छ, सरकारले नेपालका हिमनदीहरूको अध्ययन गर्न थालेको तथा केही पहल गरिरहेको छ।’

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कार्यक्रमको आयोजना गर्न सहकार्य गरेको थियो। नेविसंघका अध्यक्ष अध्यक्ष दुजाङ शेर्पाले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय जागरूकता बढाउने तथा नेपालमा जलवायु परिवर्तनका प्रभावहरू उजागर गर्ने उद्देश्यले ‘जय नेपाल टी-२० अन्तरराष्ट्रिय अन्तर-विश्वविद्यालय क्रिकेट प्रतियोगिता’ आयोजना गरिएको बताए।

‘संगोष्ठी कार्यक्रमको एउटा महत्वपूर्ण भाग हो, आयोजकहरू तथा नेविसंघले आगामी फागुन २ गते प्रत्येक प्रदेशबाट ७ जना जलवायु च्याम्पियनहरूको सम्मान गर्ने अर्को कार्यक्रमको आयोजना गर्ने छ,’ उनले भने।

हिमालयन ट्रेकर्स नेपालका प्रतिनिधि नवा छिरिङ शेर्पाले जलवायु परिवर्तनले रोजगार तथा जीवनशैलीमा असर पुर्‍याएको भन्दै पर्यटन क्षेत्रलाई जोगाउन तत्काल उपाय अपनाउनुपर्ने बताए। होटल एभरेस्ट भ्युका मालिक आङ शेर्पाले जाडो मौसम पहिलेको जस्तो चिसो नभएको र हिमालहरू कालो चट्टानमा परिणत भइसकेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP