Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

ग्वार्को फ्लाइओभर निर्माणको काम शुरु, विभाग भन्छ : दुई महिनाभित्र सकिन्छ

 

काठमाडौँ : ठेकेदारले रोकेको ललितपुरको ‘ग्वार्को फ्लाइओभर’ निर्माणको काम शुरु भएको छ। सडक विभागले झण्डै काम रोकिएको एक महिनापछि पुन: काम शुरु भएको जनाएको छ।

ठेकेदार कम्पनीले काम गर्ने वातावरण नभएपछि काम रोकेको बताएकाे थियाे। अहिले भने काम शुरु भएको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्यालले जानकारी दिए। ‘रोकिएको काम सुरू भइसकेको छ,’ उनले भने।

२०७८ फागुन १२ गते आशिष–समानान्तर–रेलिगेर जेभी र सडक विभागबीच २०८० फागुन ११ (२ वर्ष)को अवधिमा ४ लेनको काम सक्ने गरी सम्झौता भए पनि तोकिएको समयमा बन्न सकेन। त्यसपछि २०८१ पुस ८ गतेसम्म निर्माणको म्याद थप गरियो। थप गरिएको म्यादमा पनि काम सकिएन।

समयमा काम सम्पन्न नभएपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको छ। विभागका प्रवक्ता अर्यालले काम शुरु भएको जानकारी दिँदै अबको दुई महिनाभित्र बाँकी सबै काम सकिने बताए।

उनका अनुसार हालसम्म ८२ प्रतिशतभन्दा बढी निर्माणको काम सकिएको छ। उनले भने, ‘धेरै काम सकिएको छ। त्यसैले अबको दुई महिनाभित्र बाँकी काम सकाएर पनि ग्वार्को फ्लाइओभर बनिसक्छ।’ विभागका अनुसार अझै करिब ६० मिटरमा प्रिकास्टस कङ्क्रिट फेसिया प्यानल जडान हुन बाँकी छ। र्‍याम्प झिकेर फेरि राख्नेलगायत काम बाँकी छ।

१७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा बन्न लागेको फ्लाइओभरको लम्बाइ ४९० मिटर रहनेछ। ग्वार्को चोकबाट बी एण्ड बीतर्फ १३५ मिटरको र्‍याम्प रहनेछ भने ग्वार्को चोकबाट बालकुमारीतर्फ २८० मिटरको र्‍याम्प रहनेछ। यो मुलुककै पहिलो फ्लाइओभर’ निर्माण शुरु भएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP