Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बाघ पाल्न वर्षमै चाहिन्छ १५ लाख, मासुबाहेक अरू कति हुन्छ खर्च?

सरस्वती अधिकारी

काठमाडौं : नेपालमा बढ्दो बाघको संख्या चर्चाको विषय बनेको छ। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मान्छे खुवाएर बाघ पाल्न सकिँदैन भन्ने अभिव्यक्ति दिएपछि के साँच्चै बाघ पाल्न नसकिने अवस्था आएको हो? भन्ने प्रश्न उठ्यो।

विज्ञहरु संख्या बढे पनि अहिले बाघको सन्तुलित ढंगले संरक्षणमुखी व्यवस्थापन गर्नुपर्नेमा जोड दिन्छन्। तर बाघ पाल्न सजिलो भने छैन, त्यसमा पनि मानवीय क्षति पुर्‍याउन सक्ने वा अन्य किसिमले समस्याग्रस्त बाघलाई समातेर खोरमा थुनेर पाल्न झन् कठिन रहेको राष्ट्रिय निकुञ्जका अधिकारीहरू बताउँछन्।

बाघको आहारै खर्चिलो

नेपालमा सन् २०१० मा १२५ बाघ रहेकोमा २०२२ को गणनामा ३५५ वटा पुगेको छ। सबैभन्दा धेरै १२८ वटा बाघ चितवन राष्ट्रिय निकुञ्जमा छन्। बाघले जंगलमा आहाराजन्य प्रजाति आफैँ मारेर खान्छ।

निकुञ्जले तिनले चाहेका आहारा प्रशस्त खान पाउनेगरी व्यवस्था गरिदिने, बासस्थान, सुरक्षा व्यवस्थासँगै चरणका लागि घाँसे मैदान र पानीको उपयुक्त व्यवस्था गरिदिने चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्त बताउँछन्।

​जंगलमा रहने एउटा वयस्क बाघले सामान्य अवस्थामा हप्तामा कम्तीमा एउटा सिकार गर्छ भन्ने अनुमान गरिन्छ जसअनुसार वर्ष दिनसम्म आहारको लागि ५० वटा सिकारको आवश्यकता पर्ने पन्तले बताए।

उनका अनुसार, दिगो रूपमा प्राप्त हुनको लागि कम्तीमा ५०० आहारजन्य प्रजातिको संख्या व्यवस्था गर्न सकियो भने एउटा बाघलाई पुग्ने देखिन्छ, यस हिसाबले चित्तल, जरायो बँदेल, लगायतका आहारजन्य प्रजातिहरूको व्यवस्था गर्नुपर्ने हुन्छ।

‘जंगलभित्र प्राकृतिक रूपमा बाघ पाल्न कति खर्च लाग्छ? भनी निकाल्न गाह्रो छ। तर घेरा बनाएर पालिएका बाघको विशेष हेरचाह गर्नुपर्ने हुन्छ’, उनले भने ‘समस्याग्रस्त बाघहरू पाल्न छुट्टै बजेट, हेरालुको व्यवस्था गर्नुपर्दा खर्चिलो हुन्छ।’

आहाराका लागि छुट्याइएको थोरै बजेटबाट बाघको सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको निकुञ्जका सूचना अधिकारी अशोक थापा मगर बताउँछन्। बाघको आहाराका लागि बजेट कम हुनु नै अहिलेको मुख्य चुनौती भएको उनको भनाइ छ।

‘आहारामा कमी हुन दिनुभएन, तिनलाई मासु नै खुवाउनुपर्छ। तर स्रोत अभावका कारण सबै सुविधा पुर्याउन सकिएको छैन, थापाले भने ‘जेनतेन धानिरहेका छौँ। प्रकृति संरक्षण कोष, अन्य सहयोगी संरक्षणसम्बन्धी संस्थाबाट खर्चको व्यवस्थापन हुँदै आएको छ।’

बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेल पनि बाघको व्यवस्थापन खर्चिलो भएको बताउँछन्। ‘मासु किनेर खुवाउनुपर्ने भएकाले खर्च त बढ्ने नै भयो, विशेष हेरचाह गर्नुपर्छ, खोर बलियो हुनुपर्छ, उनले भने थोरै हेलचेक्रयाँइले पनि मानवीय क्षति हुनसक्छ तर बाघको लागि भनेर खासै बजेट निकासा हुँदैन, संरक्षण शुल्कबाट व्यवस्थापन गर्ने गरिएको छ।’

उनका अनुसार बर्दियामा बाघलाई एकदिन बिराएर पाँच केजी मासु खान दिने गरिएको छ भने सहयोगी संस्थासँगै निकुञ्जका सरकारी भेटेनरी डाक्टरहरूले तिनको चेकजाँच तथा उपचार गर्छन्।

‘जंगलमा बस्ने जनावरलाई मानवीय सुरक्षाका कारण बाध्यताले उद्धार केन्द्रमा राखेर व्यवस्थापन गर्नुपरेको हो, खर्च, उपचारसहितको व्यवस्थापन चुनौतीपूर्ण छ, सूचना अधिकारी पौडेल भन्छन्, ‘ जंगलमा बस्ने बाघलाई खोरमा थुनेर मासु खुवाउनुपर्दा खर्च बढी भयो।’

ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा अहिले तीनवटा भाले र दुईवटा पोथी गरी पाँच बाघ छन्। यी सबै उद्धार गरिएका बाघ हुन्। मान्छेलाई आक्रमण गर्नेदेखि कुनै न कुनै हिसाबले जंगलमा समस्याग्रस्त देखिएका बाघ उद्धार गरी चिडियाखानामा राखिएको छ।

‘चिडियाखानामा अरू जनावरभन्दा बाघ पाल्न बढी खर्चिलो छ। एउटा बाघलाई ६ केजीका दरले पाँच वटालाई दैनिक ३० किलो मासु खुवाउनुपर्छ’ सदर चिडियाखानाका सिनियर क्युरेटर अशोक सुवेदीले भने, ‘सरदर एउटा बाघ पाल्दा उसको खानासँगै उपचार, औषधी, हेरचाह गरी वार्षिक १५ लाख रुपैयाँ पर्न आउँछ।’

यद्धपि, चिडियाखानालाई बाघ पाल्नै गाह्रो भने नभएको उनी बताउँछन्। ‘सदर चिडियाखाना आफैँमा सक्षम छ, हामीले संरक्षणका कार्यक्रमहरू पनि चलाउँछौँ’ उनले भने‘ चिडियाखानामा आउने धेरै अवलोकन कर्ताले मनपराउने जनावर पनि बाघ नै हो।’ चिडियाखानाको बाघलाई शनिबारबाहेक सबै दिन राँगाको मासु खुवाइन्छ। दिउँसो साढे २ देखि ३ बजेको आसपासमा उनीहरुलाई खुवाउने गरिएको सुवेदीले बताए। ‘दिनमा एक पटक ठूल्ठूला ५/६ किलोको टुक्रा बनाएर उनीहरुलाई खुवाउने गरिएको छ’ उनले भने।

बाघको दुई नम्बर सेक्सनमा डेडिकेटेड पाँच जनाको टिम कार्यरत छ। भेटेरिनरी डाक्टर, क्यूरेटरहरुले पनि नियमित अवलोकनमा खटिने गरेका छन्।
सुवेदीका अनुसार, बाघसँगै कुनै जनावरलाई कसैले खुवाउन वा कुनै प्रकारले ग्रहण गर्न पनि पाउँछ।

वर्षको १५ लाख तिरेर बाघलाई कसैले ग्रहण गर्छ भने पाउँछ। कोभिड महामारीपछि ललितपुर महानगरपालिकाले पनि एउटा बाघ ग्रहण गरी उसको खर्च बेहोरिरहेको छ।

खोर व्यवस्थापनमा समस्या

निकुञ्जहरूमा आहारासँगै उद्धार गरिएका बाघको खोर व्यवस्थापनमा समस्या देखिएको छ भने प्राकृतिक रुपमा बाँचिरहेका बाघका लागि पनि पर्याप्त स्रोतको कमी र सुरक्षा चुनौती रहेको पन्तले बताए।

चितवनमा घाइते भएका, आरक्षित क्षेत्रभन्दा बाहिर बस्तीतर्फ जान लागेका, मानवीय द्धन्द्धमा आउन सक्ने समस्याग्रस्त ७ वटा बाघ खोरभित्र राखिएको छ। निकुञ्जको कसरा, देवनगर र पूर्वी क्षेत्र सौराहामा बाघ राखिएको छ। तर, खोरहरूको समेत स्तरोन्नति गर्न नसकिएको निकुञ्जका सूचना अधिकारी थापा मगरले बताए।

‘खोर फराकिलो चाहिन्छ, पूरै घेरेर राख्नुपर्छ तर अहिले काम चलाउन जस्तो छ, उनले भने– सात वटै खोरमा अहिले बाघ छन्। नयाँ समस्याग्रस्त बाघ भेटियो र राख्नुपर्ने अवस्था आयो भने खोरकै अभाव छ।’ खोरमा राखिएका बाघको गतिविधि अध्ययन गरेर सामान्य अवस्थामा आएपछि मात्र प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ।

सन् २०२२ मा गरिएको गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा बाघ थिए। समस्याग्रस्त बाघ राख्न ठाकुरद्वारा र रम्मापुरमा रेस्क्यु सेन्टर छन्। उद्धार गरिएका पाँचमध्ये रम्मापुरमा ३ वटा र ठाकुरद्वारमा २ वटा समस्याग्रस्त बाघ राखेर हेरचाह गरिएको छ।

रम्मापुरमै अर्को नयाँ उद्धार केन्द्र पनि खोलिँदैछ। सदर चिडियाखानामा पनि सबैभन्दा ठुलो समस्याका रूपमा बाघ राख्ने ठाउँ देखिको छ। ठाउँ देखिएको छ। चिडियाखानाको कुल क्षेत्रफल ६ हेक्टर रहेको छ।

‘भएका जनावरलाई जति ठाउँ दिनुपर्ने हो, तर बाघसहित अरु जनावरका लागि सीमित ठाउँ हुनु नै मुख्य चुनौती बनेको छ’ सिनियर क्युरेटर अशोक सुवेदीले भने।
चिडियाखानामा पाँच वटा बाघका लागि चारवटा खोर छ।

अधिकतम दुई भाले र दुईवटा पोथी बाघको लागि राम्रो स्पेस छ तर एउटा बाघलाई सिंहको लागि बनाइएको खोरमा राखिएको छ। यद्धपि सदर चिडियाखानामा अरु जनावरलाई भन्दा बाघलाई राम्रो ठाउँ रहेको सुवेदी बताउँछन्।

सदर चिडियाखानाको क्षेत्रफल सानो भएपछि सूर्यविनायकमा पनि नयाँ चिडियाखाना बनाउन थालिएको छ। प्राकृतिक संरक्षण कोषका निर्देशक डा. चिरञ्जीवी प्रसाद पोखरेल बाघ र हात्तीको व्यवस्थापन सबैभन्दा बढी खर्चिलो हुने भएकाले आफ्नै स्रोतबाट धान्न नसक्न उद्धार केन्द्रहरूलाई समस्या हुने बताउँछन्।

वन्य जन्तुको संरक्षण गर्ने सन्दर्भमा यस्ता जनावरको व्यवस्थापनका लागि सरकारले पर्याप्त बजेटको व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै बाघ विज्ञसमेत रहेका डा. पोखरेलले नेपालले बाघ धान्नै नसक्ने अवस्था नभएको समेत दोहोर्याए।

जंगलमाभन्दा चिडियाखानामा धेरै बाँच्छ बाघ

जंगलमा प्राकृतिक रूपमा बाँचेका भन्दा चिडियाखाना वा खोरमा राखेका बाघहरू धेरै बाँच्ने गरेको पाइन्छ। चिडियाखानामा बाघ झण्डै २० वर्षसम्म बाँचेको छ। जंगलमा आफैंले सिकार गरेर खानुपर्ने, संघर्ष गर्नुपर्ने बाघले चिडियाखाना धेरै सुविधा पाउँछ।

संरक्षण अधिकारीहरूका अनुसार, प्राकृतिक रूपमा जंगलमा १० देखि १५ बर्ष सम्म बाघ बाँचेको छ भने चिडियाखानामा राखिएका बाघको आयु लम्बिएको देखिन्छ। ‘बेला बेला स्वास्थ्य उपचार पाउँछ, आफैँले मारेर खान नसक्ने बाघलाई मासुको किमा बनाएरसमेत खुवाइन्छ’ सुवेदीले भने ‘राम्रो हेरचाह पाउने भएकैले पनि बाघ २० वर्षसम्म बाँचेको छ।’

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP