Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान

 

रुपन्देही : तिलोत्तमा नगरपालिकामा निजीस्तरबाट बनिरहेको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सकिएको छ। मैदानमा ५ वटा फ्लडलाइट जडान गरिएको छ। नेपालको कुनै पनि क्रिकेट मैदानमा फ्लड लाइट हालिएको यो पहिलो हो।

७ करोड रुपैयाँ भन्दा बढी खर्च गरी जडान गरिएको फ्लड लाइट टेस्टिङको काम बुधवार (आज) देखि शुरु हुने स्टेडियमका प्रवन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए। २०८० साल जेठ २९ गते शिलान्यास भएको स्टेडियमको ०८० फागुन २८ मा गते उद्घाटन गरी लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो।

त्यसयता यो मैदानमा जिल्ला र स्थानीय स्तरमा सय भन्दा बढी खेल भइसकेका छन्। नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास समेत गरेको थियो। यही फागुन २५ गतेदेखि शुरु हुने प्रधानमन्त्री कप क्रिकेटका ४६ मध्ये १५ खेल यही मैदानमा हुनेछन्। प्रधानमन्त्री कपका लागि पनि अहिले मैदानमा आवश्यक काम चलिरहेको छ। नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कप क्रिकेटका लागि एक्स्ट्राटेक ओभललाई छनोट गरेकोमा खुशी लागेको प्रबन्ध निर्देशक कुँवरले बताए।

सात वटा पिच रहेको मैदानमा अब खेल हुने मात्रै नभइ नेपालमै पहिलो फ्लड लाइटमा डे नाइट म्याच हुने चरणमा प्रवेश गरेको छ। केही दिनमा लाइट टेस्टिङको काम सकेर डे नाइट म्याचका लागि तयार हुनेछ। आवश्यक परे लाइटको क्षमता थप्ने तयारीका साथ आफूहरू बसिरहेको र संवद्ध निकाय अनि खेलाडिबाट समेत त्यसको परीक्षण गराइने प्रवन्ध निर्देशक कुँवरले बताए।

एकातिर मैदान तयार भएर फ्लड लाइटको काम चलिरहेको छ भने अर्कोतिर अरु संरचना निर्माणको काम पनि तीब्र गतिमा भइरहेको छ। नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा पुगेको छ। नेट प्राक्टिसका लागि छ वटा पिच बनिरहेका छन्। अहिलेसम्म मैदानमा जग्गाबाहेक २५ करोड रुपैयाँ भन्दी बढी खर्च भइसकेको कुँवरले बताए। चार तलाको २ वटा भवन बनिरहेका छन्।

जहाँ भीआईपी बक्स प्लेयर बक्स, चेन्जिङ रुम र मिडिया बक्स हुनेछन्। र यी संरचनाको काम अन्तिम चरणमा छ। भीआईपी बिल्डिंगमा नौ सय सिट क्षमताको प्याराफिट बन्नेछ। आगामी २ वर्षभित्र सक्ने लक्ष्य रहेको यो मैदानमा २५ हजार दर्शक क्षमताको प्याराफिट बन्नेछ। यो काम केही समयमा शुरु हुने कुँवरले बताउनु भयो। उनकाअनुसार ५ हजार दर्शक क्षमतासहितको प्याराफिट एक वर्षभित्रै तयार भइसक्नेछ।

थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP