Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

विपद्जन्य घटनामा १४ हजारभन्दा बढी सैनिक परिचालित

 

काठमाडौँ : देशभर भएका विभिन्न विपद्जन्य घटनामा नेपाली सेनाका १४ हजारभन्दा बढी सैनिक खटिएका छन्।

नेपाली सेनाले दिएको जानकारीअनुसार ०८०/८१ मा भएका बाढी, पहिरोलगायत विभिन्न विपद्का दौरान ५४८ स्थानमा १४ हजार २११ सैनिक खटिएका हुन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार गत आश्विन ११ र १२ गतेको भारी वर्षाका कारण विभिन्न स्थानमा भएका विपद्का दौरान खोज तथा उद्धार गर्ने क्रममा नेपाली सेनाका हवाई साधनद्वारा ९५३ जनाको सकुशल उद्धार, १६ वटा शव ढुवानी, ७ स्थानमा गरी कुल ५३ हजार ४७८ केजी राहत सामग्री र ४ हजार ४५० लिटर इन्धन ढुवानी गरी सेवा र सहयोग पुर्‍याएको हो।

उनले यसै अवधिमा १२४ स्थानमा भएको आगलागी तथा डढेलो नियन्त्रण गर्न नेपाली सेनाका ३ हजार १२३ सैनिक परिचालन भएको बताए।

त्यस्तै, सडक दुर्घटनामा घाइते ४६४ जनाको उद्धार, ५० जनाको शव निकाल्न सहयोग, ४९ जना बेपत्ता व्यक्तिको खोजी कार्य, ३० जना घाइते/विरामीको उद्धार र २४ जना नदी/तालमा डुबेकाहरुको जीवित उद्धारमा नेपाली सेनाका २ हजार ५०५ जना परिचालन भएको उनले बताए।

त्यसैगरी गत श्रावण ९ गते सौर्य एयरलायन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको घेराभित्र दुर्घटना हुँदा नेपाली सेना तत्कालै परिचालन भएको पनि उनले बताए।

यस्तै, साउन २२ गते एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा नेपाली नागरिक १ (पाइलट) जना र ४ जना चिनियाँ यात्रीको शव निकाल्न नेपाली सेनाले सहयोग गरेको पनि उनले बताए।

गत साउन ३२ गते सोलुखुम्बुमा हिमताल विष्फोटपश्चात् आएको बाढीले थामेगाँउमा क्षति पुर्‍याउँदा नेपाली सेना तत्काल परिचालन भई ७ जना स्थानीयको सकुशल उद्धार गर्नुको साथै गत साउन २८ गते चितवनस्थित सिमलताल इलाकामा पहिरोले यात्रुवाहक बस त्रिशुली नदीमा बेपत्ता बनाउँदा यात्रुहरुको खोजतलास गर्न नेपाली सेनाको विशेषज्ञसहितको टिम तत्काल परिचालन भई खोज तथा उद्धार कार्य गरेको प्रवक्ता केसीले बताए।

गत भाद्र ०७ गते, आँबुखैरेनीमा भारतीय पर्यटक बस मर्स्याङ्गदीमा खसेर भएको दुर्घटनामा नेपाली सेनाको खोज उद्धार टोलीले उक्त बसमा सवार ४३ जना यात्रुमध्ये १६ जनालाई जीवितै उद्धार गर्न सफल भएको जानकारी उनले थाहाखबरलाई दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP