Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

शिक्षकले आज कांग्रेस मुख्यालयमा धर्ना दिने

काठमाडौं : विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिन नेपाल शिक्षक महासंघले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने भएका छन्।

चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने, सांसदहरूसँग भेट गरि विधेयक पारितका लागि दबाब दिने महासंघले जनाएको छ।

जसअन्तर्गत आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

चैत्र ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघको तयारी छ।

सरकारसँग कुनै नयाँ सहमति नगर्ने भन्दै यसअघि भएका सहमति कार्यान्वयनमा उनीहरुले दबाव दिनेछन्। महासंघले आफ्ना मागहरु पुरा नभए शिक्षकहरु विद्यालय नफर्कने चेतावनीसमेत दिदै आएको छ।

यस्तो छ महासंघको धर्ना तालिका

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम रहेको छ। त्यसैगरी भोलि नेकपा एमालेको केन्द्रीय कार्यालय, चैत १ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, २ गते नेकपा एकीकृत समाजवादीको कार्यालय, ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र ५ गते जनमत, नागरिक उन्मुक्ति र राप्रपाको कार्यालयमा धर्ना दिइने घिमिरेले बताए। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP