Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

भँगेराको सङख्या बर्सेनी घट्दो

कञ्चनपुर : केही वर्षदेखि भँगेराको सङ्ख्या घटिरहेको छ। सिमेण्टेड पक्की घर बन्ने क्रम बढेपछि बासस्थान अभावमा भँगेराको संख्या घटेको हो।

तीव्ररूपमा भइरहेको शहरीकरणका कारण भँगेरा घटिरहेको सरोकारवाला बताउँछन्। गुँड लगाउन ठाउँ नै नभएपछि भँगेरा घट्दै जानु स्वाभाविक भएको शुक्लाफाँटा नगरपालिका- ३ का पहरू दहितले बताए।

‘भँगेराको चिरबिर आवाज सुनिएपछि बिहान भएको थाहा हुन्थ्यो। घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए। अहिले ती सबै विगत भइसके’, उनले भने, ‘अब न भँगेराको चिरबिर आवाज सुनिन्छ, न त पहिलेजस्तो आँगनमाबिस्कुन खान आउँछन्।’ अहिले आक्कलझुक्कल मात्र भँगेरा देखिने गरेको उनी बताउँछन्।

चराविज्ञ हिरूलाल डगौराका अनुसार मोबाइलका टावरबाट निस्कने विकिरणले भँगेराको दिशा पत्ता लगाउने प्रणालीलाई असर गर्छ। प्रजनन क्षमतामा प्रतिकूल असर पर्छ। विकिरणले मष्तिष्कमा असर गर्दा भँगेराको मृत्यु हुने गरेको समेत पाइएको छ। ‘ध्वनि प्रदूषणले पनि भँगेरालाई असर गर्छ’, उनले भने, ‘खेतबारीमा किसानले विषादिको अत्यधिक प्रयोग गर्दा भँगेरा मर्ने गरेका छन्।’

खेतबारीमा हुने कीरा विषादीका कारण मर्ने गरेकाले भँगेरालाई आहारा पनि कम हुँदै गएको उनले बताए। काग, बिरालो, अन्य सिकारी चराले भँगेराको शिकार गर्ने भएकाले पनि सङ्ख्यामा कमी देखिएको उनले बताए। उनका अनुसार भँगेरा जैविक विविधता र इकोसिष्टमका लागि महत्त्वपूर्ण छ। भँगेरा जोगाउन घरघरमा गुँड लगाउन सक्ने व्यवस्था गरिनुपर्छ। गुँड लगाउने वातावरण बनाउने कार्यसँगै छानामा दानापानीको व्यवस्थाजस्ता ससाना कार्य गरेर भँगेरालाई जोगाउन सकिन्छ।

भँगेरा जोगाउन किसानले संयमतापूर्वक विषादीको प्रयोग गर्नुपर्ने सल्लाह उनी दिन्छन्। चेतना जगाउने उद्देश्यले प्रत्येक वर्षको मार्च २० मा भँगेरा दिवस मनाउने गरिन्छ। योस वर्ष भँगेरा दिवसको नारा ‘म भँगेरालाई माया गर्छु’ (आई लभ स्प्यारो) थियो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP