Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

पाकिस्तानबाट नेपालमा २५ करोड बढीको समान आयातः मसला, स्याम्फुदेखि औषधिसम्म

 

काठमाडौं : यतिबेला पाकिस्तान अशान्त छ। बुधवार भारतले पाकिस्तानको कश्मीरमा श्रृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको गरेको छ। भारत प्रशासित कश्मीरमा एक नेपाली र अन्य २५ पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात दिल्लीले उक्त हमला गरेसँगै पाकिस्तान अशान्त छ।

पाकिस्तान अशान्त बनिरहँदा नेपाल–पकिस्तानबीचको व्यापारिक सम्बन्धमा असर पर्नसक्ने खतरा बढेको छ। भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैत मसान्तसम्मको तथ्यांकले नेपाल र पाकिस्तानबीचको व्यापारिक सम्बन्ध उच्च देखिन्छ। खासगरी पाकिस्तानबाट नेपालमा मसला, स्याम्फुदेखि औषधिसम्म आयात भएको देखिन्छ।

तथ्यांकअनुसार चैतसम्म नेपालले पाकिस्तानबाट २५ करोड ४७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको देखिन्छ भने केवल ६ करोड २२ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ। यसले १९ करोड २४ लाख रुपैयाँको व्यापार घाटा देखाउँछ।

नेपालले पाकिस्तानबाट मसला, औषधिय जडीबुटी, औषधि, सौन्दर्य प्रसाधन र रासायनिक पदार्थजस्ता विविध वस्तु आयात गर्छ। सबैभन्दा धेरै आयात हुने वस्तुमा मसला हो। नेपालले ५ करोड ३८ लाख बराबरको मसला यो अवधिमा आयात गरेको छ। त्यस्तै औषधिजन्य जडीबुटी २ करोड ४६ लाख, फेस क्रिम १ करोड ४० लाखको नेपालले पाकिस्तानबाट आयात गरेको देखिन्छ।

औषधिमा एन्टिबायोटिक र हर्मोनका औषधि र रासायनिक वस्तुहरूमा सोडियम बाइकार्बोनेट पनि पाकिस्तानबाट नेपालमा उल्लेख्य मात्रामा आयात हुन्छन्। कालो नुन, चुरोट, साबुन र प्लास्टिकका सामानजस्ता वस्तुहरू पनि आयातको सूचीमा छन्। लामो समयसम्म युद्ध चर्किदै गए पाकिस्तानबाट समान नआउँदा यी वस्तुको हाहाकार हुने खतरा बढेको छ।

पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार लाहोर र कराँचीजस्ता ठूला शहरहरूका हवाई क्षेत्र बन्द गरिएको छ। यस क्षेत्रमा ठूला विमानस्थलहरू पर्दछन् जसमा इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थल पनि पर्दछ। ति क्षेत्रमा हवाई उडानहरूमा ठूलो असर परिसकेको छ र उडानहरूको निगरानी राख्ने वेबसाइट फ्लाइटरेडार २४ का अनुसार कतिपय विमानहरू पाकिस्तानबाट ‘डाइभर्ट’ भएका छन्।

सामाजिक सञ्जालमा राखेको विवरणमा उक्त वेबसाइटले फिनएअर, एमिरेट्स, टर्किश कार्गो र साउदी अरेबियाका विमानहरू अन्यत्र मोडिएको जनाएको छ।
एक वक्तव्य जारी गर्दै एअर फ्रान्सले भनेको छ उसले अर्को सूचना नभएसम्म पाकिस्तान माथिका उडानहरू रद्द गरिएको छ।

 

थाहा बखर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP