काठमाडौं : मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुईनखोलामा ट्रक पल्टिँदा बाटो पूर्णरूपमा बन्द भएको छ।
चितवन प्रहरीका अनुसार कोइला बोकेर वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३-००१ ख ९८१७ नम्बरको ट्रक आइतबार बिहान ७ बजे पल्टिएको हो। ट्रक अनियन्त्रित भई पल्टिँदा दुवैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।
दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्ने यो स्थानमा बाटो खुलाउन इलाका प्रहरी कार्यालय मुग्लिनबाट टोली खटिएको चितवन प्रहरीले जनाएको छ।
थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया