झापा : नेपालमा हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा इभी सार्वजनिक गर्ने उद्देश्यले झापाको बिर्तामोडस्थित अलायन्स मोटर्समा विशेष ‘मिट एन्ड ग्रीट’ कार्यक्रम सम्पन्न गरेको छ।
सो कार्यक्रम वैशाख २५ गते ८ मे २०२५ सम्पन्न भएको थियो। यसमा स्थानीय व्यवसायी, सवारीसाधन रुचाउने उपभोक्ताहरू तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले क्रेटा इभीलाई नजिकबाट अवलोकन गर्ने मौका पाए भने हुन्डाईको प्राविधिक टोलीसँग प्रत्यक्ष संवाद गर्दै गाडीबारे जानकारी लिने सुविधा पनि पाए।
कम्पनीका अनुसार नयाँ क्रेटा इभीले नेपाली बजारमा विद्युतीय सवारीप्रति रहेको विभिन्न शंका–उल्झन हटाउने कार्यमा ठूलो भूमिका खेल्नेछ। धेरै उपभोक्ताहरू विद्युतीय गाडी किन्ने बेला स्पेयर पार्ट्स पाउने नपाउने, सर्भिसिङ महँगो हुने वा दीर्घकालीन ब्रान्ड सपोर्ट रहन्छ कि रहँदैन भन्ने आशंका गर्ने गर्छन्। तर हुन्डाईले क्रेटाको पेट्रोल र इभी दुवै मोडेल एउटै प्लेटफर्ममा आधारित भएकाले सेवाबाट लिएर पार्ट्ससम्म समान सुविधा उपलब्ध गराइने जनाएको छ।
हुन्डाई नेपालका उच्च व्यवस्थापन टोली देशभरका वितरकहरूसँग यस्ता कार्यक्रम गर्दै इभीप्रति उपभोक्ताको विश्वास बढाउन र ब्रान्डसँगको सम्बन्ध अझ प्रगाढ बनाउने अभियानमा जुटिरहेका छन्।
लक्ष्मी इन्टरकन्टिनेन्टलले कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरूप्रति आभार व्यक्त गर्दै स्वच्छ र स्मार्ट भविष्यतर्फको यात्रालाई निरन्तर अघि बढाउने प्रतिबद्धता दोहोर्याएको छ।
थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया