Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चारजना पक्राउ

 

काठमाडौं : वैदेशिक रोजगारीमा पठाइदिने बहानामा ठगी गर्ने चारजनालाई काठमाडौंका विभिन्न स्थानबाट नेपाल प्रहरीले पक्राउ गरेको छ।

तनहुँ भानु नगरपालिका ८ घर भई काठमाडौंको तारकेश्वर- ४ बस्ने विकास गुरुङ र सिन्धुलीको कमलामाई- १२ घर भई काठमाडौं- ३२ बस्ने रञ्जना अधिकारीलाई प्रहरीले भिन्न-भिन्न स्थानबाट पक्राउ गरेको हो। यस्तै ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका- १ घर भई काठमाडौं- ३१ बस्ने यादव प्रसाद घिमिरे र कञ्चनपुरको वेदकोट ३ घर भई काठमाडौं ३ बस्ने लोकजन खड्का पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूले जापान, थाइल्याण्ड, क्रोएसिया अजरबैजानजस्ता देशमा पठाउने भन्दै ठगी गरेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म सम्पर्क विहीन भएको उजुरी आएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरू चारैजनालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए । थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP