Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

नेपालको तेस्रो ‘एनडीसी’ : कार्यान्वयनमा सर्वपक्षीय अपनत्व आवश्यक

 

काठमाडौं : जलवायु परिवर्तनले विश्व समुदायलाई चुनौती दिइरहँदा, नेपालजस्ता न्युन कार्बन उत्सर्जक मुलुकहरूले यसको चरम प्रभाव भोगिरहेका छन्।

सगरमाथा संवादमा नेपालले सार्वजनिक गरेको तेस्रो राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडीसी) र पहिलो द्विवार्षिक पारदर्शिता प्रतिवेदनले नेपालको पेरिस सम्झौता प्रतिको प्रतिवद्धता र जलवायु संकटप्रति जवाफदेही दृष्टिकोण प्रस्तुत गरेको छ।

तेस्रो एनडीसी सरकारका सबै प्रकारका नीति रणनीतिलाई अपनत्व लिएर बनाइएको छ। यो बहुसरोकार छलफलको निष्कर्ष पनि हो। विश्वपरिवेशमा हेर्ने हो भने नेपालको तेस्रो एनडीसी विश्वमा एक्काइसौँ र दक्षिण एसियामा पहिलो हो। धेरै देशले बनाउन बाँकी छ। तेस्रो एनडीसी र बीटीआरले नेपालको जलवायु प्रगति र महत्वाकांक्षी लक्ष्यहरू उजागर गरेका छन्। यद्यपि अनुकुलन भन्दा न्युनीकरणमा अत्यधिक जोड, सङ्घीय ढाँचाको केन्द्रीकृत कार्यशैली, कागजमा सिमित समावेशी सहभागिताका कारण स्थानीय आवश्यकताहरूलाई कमजोर बनाएको छ।

तेस्रो एनडीसीले सन् २०४५ सम्म कार्बन उत्सर्जनलाई नेट शून्यमा पुर्‍याउने लक्ष्य लिएको छ। २८ हजार ५०० मेगावाट नवीकरणीय ऊर्जा उत्पादन, ९५ प्रतिशत निजी र ९० प्रतिशत सार्वजनिक सवारी विद्युतीकरण, ३०० किलोमिटर रेल सञ्जाल, सिमेन्ट उद्योगमा ७५ प्रतिशत क्लिङ्कर अनुपात, ४६ प्रतिशत वन क्षेत्र संरक्षण र १० हजार हेक्टरमा बगैँचा बनाउने लगायत महत्त्वाकांक्षी योजनाहरू छन्।

यी लक्ष्य प्राप्तिको अनुमानित लागत ७३.७४ अर्ब अमेरिकी डलर छ, जसमध्ये २४.५ प्रतिशत आन्तरिक स्रोत र ८५ प्रतिशत अन्तर्राष्ट्रिय सहयोग, अनुदान वा ऋणमा निर्भर छ। यस्तो उच्च वाह्य निर्भरताले दीर्घकालीन वित्तीय स्थिरता र स्वामित्वमाथि प्रश्न उठाउँछ। कुल बजेटको ८० प्रतिशत भन्दा बढी न्युनीकरणमा केन्द्रित छ, जबकि अनुकुलन र हानि–नोक्सानीका लागि २० प्रतिशत अर्थात् १८ देखि २० अर्ब डलर मात्र छुट्याइएको छ।

नेपाल विश्वको १० औँ जलवायु संवेदनशील मुलुक हो। गत वर्ष मात्रै थामे, मनाङ-मुस्ताङ र काठमाडौंमा बाढी,पहिरोजस्ता प्रकोपले ठूलो जनधनको क्षति गरेको छ। यस्ता घटनाहरूले अनुकुलन र हानि–नोक्सानीलाई प्राथमिकता दिनुपर्ने देखाउँछ। तर न्यूनीकरणलाई प्राथमिकता दिएकाले जलवायु न्यायको सिद्धान्त कमजोर भएको छ।

यो नीतिगत असन्तुलन अन्तर्राष्ट्रिय दबाब र अनुदानको प्रभावबाट प्रेरित छ। विकसित मुलुकहरू, जसले विश्वको ७० प्रतिशत हरितगृह ग्यास उत्सर्जन गर्छन् उनीहरु आजसम्म पनि सन् २००९ मा कोपनहेगनमा गरेको प्रतिवद्धताअनुसार जलवायु वित्तमा योगदान दिन सकिरहेका छैनन्। यस्तो अवस्थामा नेपालजस्ता मुलुकहरूलाई न्युनीकरणका परियोजनाहरू (जस्तै, नवीकरणीय ऊर्जा र विद्युतीय यातायात) मा लगानी गर्न दबाब दिइन्छ, किनकि यी परियोजना अनुदान र लगानीका लागि आकर्षक मानिन्छन्।

जलवायु अभियन्ता राजन थापा भन्छन्, …जलवायु वित्तमा पारदर्शिता र स्थानीय अपनत्व अनिवार्य छ।’ यो असन्तुलनले नेपालको नीतिलाई छविको राजनीतिमा सिमित गरेको छ, जसले व्यवहारिक परिवर्तन ल्याउन कठिनाइ सिर्जना गर्छ। पहिलो बीटीआरले सन् १९९४ देखि २०२२ सम्मको उत्सर्जन र सन् २०५० सम्मको प्रक्षेपण समेटेर जलवायु जवाफदेहितामा महत्त्वपूर्ण कदम चालेको छ। तेस्रो एनडीसीले ७५३ वटै स्थानीय तहमा स्थानीय अनुकुलन कार्ययोजना लागू गर्ने योजना प्रश्तुत गरेको छ, जसले स्थान–विशेष जोखिमहरू (जस्तै, तराईमा बाढी, हिमाली क्षेत्रमा हिउँ, र कर्णालीमा खडेरी) लाई सम्बोधन गर्नसक्छ। तर नीति निर्माण र बजेट निर्णय सङ्घीय सरकार, विशेषगरी वन तथा वातावरण मन्त्रालयमा केन्द्रित छ। स्थानीय तहहरूलाई पर्याप्त अधिकार, प्राविधिक क्षमता, र वित्तीय स्रोत प्रदान गरिएको छैन। कर्णाली र सुदूरपश्चिममा फरक जोखिम र गरिबीको स्वरूप भए पनि एक समान नीति लागू गर्ने प्रवृत्तिले स्थानीय आवश्यकताहरूलाई बेवास्ता गर्छ।
लापा कार्यान्वयनका लागि १८ देखि २० अर्ब अमेरिकी डलर आवश्यक पर्छ तर यो रकम जुटाउने रणनीति स्पष्ट छैन। संघीयताको आत्मा स्थानीय सशक्तीकरण हो, त्यसैले तेस्रो एनडीसी कार्यान्वयनको चरणमा बहुसरोकारवालालाई अपनत्व ग्रहण गराउनु चुनौती देखिन्छ। प्राक्टिकल एक्शन नेपालकी पूजा शर्मा भन्छिन् “तेस्रो एनडीसीमा उल्लेखित लक्ष्यहरू स्वाभाविक छन् तर यसको सफल कार्यान्वयन अर्थात लक्ष्य प्राप्तीका लागि बहुसरोकारवालाले अपनत्व लिनु जरुरी छ।”

तेस्रो एनडीसीले लैङ्गिक समानता, अपाङ्गता समावेश, सामाजिक न्याय र जलवायु शिक्षालाई प्राथमिकता दिएको छ। यसले जलवायु परिवर्तनको असमान प्रभावलाई सम्बोधन गर्ने सम्भावना बोकेको देखिन्छ। जलवायु शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्ने भनिएको छ। यसले दीर्घकालमा जलवायु सचेत नागरिक निर्माण गर्नसक्छ। तर बजेट अभावले कार्यान्वयनमा समस्या देखिन्छ। महिला, युवा, आदिवासी, र दलित समुदायको सहभागिता औपचारिक रूपमा उल्लेख भए पनि निर्णायक भूमिका सुनिश्चित हुन सकेको छैन।

प्रमुख शर्माले तेस्रो एनडीसीले उर्जा क्षेत्रमा लिएको लक्ष्य स्वभाविक, व्यवहारिक र प्राप्त गर्न सकिने किसिमका भएको प्रतिक्रिया दिइन्। उनले भनिन् ‘तेस्रो एनडीसी बहुसरोकारवाला विषय हो। सरकार एक्लैले वा समुदाय एक्लैले केही पनि गर्न सक्दैन। यसमा सबै तहका सरकार, नागरिक समुदाय, नीति क्षेत्र तथा राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू मिलेर काम गर्नुपर्नेछ।’

नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका विपद् जोखिम न्यूनीकरण तथा जलवायु सल्लाहाकार विजय सिंहले तेस्रो एनडीसीले नयाँ लक्ष्य, नयाँ कार्य र नयाँ विषय लिएर आएको बताए। उनले भने, ‘यो निर्माणमा धेरै क्षेत्र र पक्षको कडा मेहनत छ। नेपालको दोस्रो एनडीसी भन्दा स्पष्ट। यसमा नेपाल सरकारले के के काम, कसरी गर्ने भनी आफ्ना प्रतिबद्धता स्पष्ट गरेको छ।’ तेश्रो एनडीसीे प्रभावकारी र लचिलो भएकाले सबै मिल्दा प्राप्त गर्न सकिने तर्क उनले गरे।

जलवायु अभियन्ता राजन थाापाले समयमा नै तेस्रो एनडीसी सार्वजनिक भएकाले जलवायु कार्यका लागि अन्तर्राष्ट्रिय वित्तमा पहुँच विस्तार गर्न सजिलो हुने बताए। उनले तेश्रो एनडीसी हरेक स्थानीय तहसम्म पुगेर छलफल गरिनुपर्ने तर्क गरे।

उनले भने ‘दोस्रो एनडीसीको कार्यान्वयन त्यति राम्रोसँग हुन सकेन। लक्ष्यहरू भेट्न सकेन। हामीलाई अहिले ‘क्लाइमेट फाइनान्स’ नै महत्त्वपूर्ण विषय बनेको छ। यसको सहज पहुँच र प्राप्ति नै अहिलेको प्रमुख कार्य बनेको छ।

नेपालले क्लाइमेट फाइनान्स प्राप्तिको लागि बनाउने रणनीति कार्यनीतिले भविष्य निर्धारण गर्छ। हामीसँग भएको स्रोतले खासमा केही गर्न पनि पुग्दैन, दाताको भर नगरी हामीले कार्यक्रम नै अगाडि बढाउन सक्दैनौ। बाहिर भएको स्रोतको लागि पनि स्पष्ट खाका योजना बनाउन पनि हामीलाई चुनौती छ।

यसैगरी स्थानीय सरकारलाई बलियो बनाउने गरी संघिय सरकारले काम गर्नुपर्नेछ। तेस्रो एनडीसीलाई हरेक स्थानीय तहसम्म लैजान आवश्यक छ। सबै स्थानीय सरकारले यसैको आधारमा बजेट बनाउन आवश्यक छ। तेस्रो एनडीसीलाई स्थानीय सरकारले अपनत्व लिए मात्र यसको प्रभावकारी कार्यान्वयन हुनसक्छ।’  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP