बागमती : हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक खण्ड सञ्चालनमा आएको छ । शुक्रबार साँझ बगुवा खोलामा आएको बाढीका कारण सडक अवरुद्ध बनेको थियो ।
ललितपुरको बागमती गाउँपालिका–२ र मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित बागमती पुल जोड्ने डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध बनेको थियो। अवरुद्ध भएको १२ घण्टापछि शनिबार बिहानबाट सञ्चालनमा ल्याइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
वर्षा भइरहेकाले शुक्रबार राति नै सडक सञ्चालनमा ल्याउन नसक्ने बताउँदै मकवानपुर प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको थियो । सडक अवरुद्ध भएपछि रात्रिकालिन यात्रामा गन्तव्यका लागि हिँडेका यात्रु बीच बाटोमै अलपत्र बनेका थिए । थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया