काठमाडौं : नेपाली बजारमा आज सुन तोलाको १ हजार ४ सयले बढेको छ।
शुक्रबार एक लाख ९० हजार ४ सयमा कारोबार भएको सुन आज साताको पहिलो कारोबार दिन १४ सयले बढेर एक लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ। चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनको भाउ जेठ महिनाको ११औँ दिनमा १० हजारले बढेको छ। जेठको पहिलो दिन एक लाख ८१ हजार ८ सयमा कारोबार भएको सुनको मूल्यमा उतारचढाबका बीच ११ दिनमै १० हजारले बढेको हो।
अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा नेपालमा सुनचाँदीको मूल्य कायम हुने गरेको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया