काठमाडौँ : डिजिटल भुक्तानी प्रणालीको प्रचलन बढाउँदै आफ्ना ग्राहकलाई विशेष सेवा प्रदान गर्ने उद्देश्यका साथ सानिमा बैंक लिमिटेडले सफायर एस्थेटिक्स प्रालि, कुपन्डोलसँग सहकार्य गरेको छ।
सहकार्यअनुसार सानिमा बैंकका ग्राहकहरूले सफायर एस्थेटिक्समा उपलब्ध सौन्दर्य तथा स्किन केयर सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
यो छुट सानिमा भिसा डेबिट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा लागू हुनेछ। बैंकका अनुसार डिजिटल कारोबारमा प्रोत्साहन दिन यस्ता छुट तथा सहकार्य कार्यक्रम निरन्तर रूपमा विस्तार गरिँदै आएका छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया