Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

विपद्‍मा खोज र उद्धार गर्न तीन सुरक्षा निकायको संयुक्त ‘सिमुलेसन’

 

पर्वत : ‘मनसुन’ विस्तार हुने लागेसँगै पर्वतमा रहेका सुरक्षा निकायहरूले ‘मनसुन’जन्य बाढी, पहिरो लगायतका विपद्को क्षति कम गर्न संयुक्त रूपमा व्यवहारिक अभ्यास गरेका छन्।

नेपाली सेनाको पर्वतस्थित नयाँ रणभीम गुल्म, सशस्त्र प्रहरीको नं. २५ हेडक्वार्टर चण्डिका गण र जिल्ला प्रहरी कार्यालय पर्वतले रेडक्रस, विपद्का सरोकारवालाहरू र स्थानीयवासीको प्रत्यक्ष सहभागितामा जिल्लाको मोदी गाउँपालिका–६ गडतारामा ‘अभ्यास मनसुन–५’ अन्तर्गत अभ्यास भएको हो।
नयाँ रणभीम गुल्मका सहसेनानी महेशराज महर्जनका अनुसार उक्त अभ्यासमा पहिरोमा अड्किएका व्यक्तिहरूलाई डोरीबाट उद्धार गर्ने तरिका, पहिरोमा फसेकाहरूको उद्धारपछि प्राथमिक उपचार र अस्पतालसम्म लैजाने प्रक्रिया, बाढीमा फसेका व्यक्तिहरूलाई डुङ्गा तथा डोरीको सहायताले गरिने उद्धार, सुरक्षित तरिकाले खोला तथा नदी तर्ने तरिका, रेडक्रस तथा स्वास्थ्यकर्मीहरूको भूमिका लगायतका अभ्यासहरू गरिएको छ।

विपद्को समयमा जतिसक्दो छिटो र सकेसम्मको कम समयमा विपद् आएको स्थानमा खटिएर जनधनको क्षति न्यूनीकरणको लागि यो पूर्व अभ्यास महत्त्वपूर्ण छ। पछिल्ला केही वर्षमा मात्रै जिल्लामा पहिरो र बाढीमा परेर झन्डै २० जनाको मृत्यु भइसकेको छ। पहिरो र बाढीका कारण सडकमा फस्ने, कालीगण्डकी तथा मोदी खोला किनारमा बस्नेहरू बाढीको जोखिममा हुने, बढी भिरालो क्षेत्रमा रहेका बस्तीहरू पहिरोको जोखिममा रहने गरेकाले पर्वतका लागि विपद् प्रतिकार्यको पूर्व अभ्यास महत्त्वपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटा बताउँछन्।

विपद्को बेलामा उद्धारकर्ताहरू पुग्नु पूर्व नै स्थानीय नागरिकले स्वयंसेवकको रूपमा विपद् प्रतिकार्यमा लाग्नको लागि यस्ता अभ्यासले नागरिकलाई पनि अभ्यस्त बनाउने सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काले बताए। विपद् व्यवस्थापन सम्बन्धी आधारभूत ज्ञान, बाढी, पहिरो, डुबानमा गरिने उद्धार, भिर तथा खोँचमा डोरीद्वारा गरिने उद्धार, सडक तथा यान्त्रिक दुर्घटनामा उद्धार, आगलागी नियन्त्रण, पानी तथा भूकम्पीय जोखिमको न्यूनीकरण, पहिलो उपचार सहयोगी लगायतका विषयहरूमा सैद्धान्तिक तथा व्यवहारिक रूपमा प्रशिक्षण गरिएको उनको भनाइ छ।

विपद् आएको अवस्थामा सुरुमा त्यसलाई भोग्ने नागरिकलाई पहिलो भोगाइकर्ता तथा पहिलो प्रतिक्रिया दिने व्यक्तिको रूपमा लिइन्छ। ‘फस्र्ट रेस्पोन्डर’ मा विपद् विरुद्धका सामान्य सीपहरूमा हुँदा मात्रै पनि पूर्व सावधानी अपनाउन तथा विपद्को बेलामा क्षति न्यूनीकरण धेरै सम्भव हुने भएकोले नागरिकको प्रत्यक्ष सहभागितामा अभ्यास गरिएको हो।

अभ्यासको अवलोकनमा सहभागी भएका मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्मा र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले सुरक्षाकर्मीले आफ्नो अभ्याससँगै नागरिकलाई पनि उद्धार सीप सिकाउँदा विपद्मा क्षति कम हुने बताउँछन्। उनीहरूले दिएको पूर्व सावधानीको ज्ञान र घट्ना भएको बेलामा हुने उद्धार तथा उपचारको प्रक्रियाबारे नागरिकले जान्न पाउँदा सुरक्षाकर्मीको अभावमा हुने क्षतिलाई रोक्न सकिने उनीहरूको भनाइ छ।

पूर्व अभ्यासमामा आधुनिक स्रोत र साधनबिना नै स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न सामग्रीहरूको प्रयोग गरेर तत्कालै गर्न सकिने अभ्यासहरूको बारेमा सिकाइएको छ। प्लास्टिकका बोतल, बाँसका घारा तथा भाटा, दाउरा, डोरी, लहरा लगायतलाई उद्धार सामग्रीको रूपमा प्रयोग देखाइएको छ। यसले उद्धारका लागि सुरक्षाक  र्मी र आधुनिक सामग्री नै चाहिन्छ भन्ने मानसिकता त्यागेर आफूहरूसँग जे छ त्यसैले उद्धार गर्न प्रयास गर्नुपर्छ भन्ने सन्देश दिएको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP