Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

पुलका सामान कवाडीलाई बेचेको आरोप लागेका वडाध्यक्ष गौतम पुर्पक्षका लागि थुनामा

 

काभ्रे : रोशी गाउँपालिका–७ का वडा अध्यक्ष अशोककुमार गौतमलाई पुलका जीर्णका सर–सामान बेचेको आरोपमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

गत असोजमा आएको बाढीले बगाएको झोलुङ्गे पुल र पक्की पुलका फलामका भागहरू चोरी गरी कवाडीलाई बेचेको आरोपमा गौतमसहित अन्य केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार गौतम र कवाडी व्यवसायी मण्टु कुमारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

स्क्र्याप व्यवसायी जितेन्द्र पासवानलाई भने २० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ। स्थानीयहरूले झोलुङ्गे पुल र पक्की पुलका फलामका भागहरू चोरी गरी बेचेको भन्दै उजुरी दिएका थिए।

रोशी गाउँपालिका–७, रघुचौरको झोलुङ्गे पुल र रोशी तथा महाभारत गाउँपालिकाका नागरिकलाई जोड्ने पक्की पुल बाढीले बगाएको थियो। वडा अध्यक्ष गौतमले ती पुलका बाँकी भागहरू कवाडी व्यवसायीलाई बिक्री गरेको उजुरीका आधारमा कटुन्जे प्रहरी चौकीले जेठ १२ गते राति रोशी–७, थानसिङ्गबेशीबाट कवाडीमा लैजाँदै गरेका बा ५ ख ४६२६ र बा २ ख ४००१ नम्बरका ट्रक नियन्त्रणमा लिएको थियो।

प्रहरीले ट्रकसहित कवाडी व्यवसायी मण्टु कुमार र जितेन्द्र पासवानलाई नियन्त्रणमा लिएको थियो। त्यस्तै, टिपर चालक काभ्रेको भुम्लु गाउँपालिका–९ का ४७ वर्षीय मानबहादुर तामाङ र रोशी गाउँपालिका–८ का ४० वर्षीय रमेश लामालाई पनि पक्राउ गरेको छ।

प्रहरीका अनुसार, वडा अध्यक्ष गौतमले कवाडी व्यवसायी मार्फत फलामका भागहरूको बिक्रीबाट प्राप्त रकम मोबाइल बैंकिङ प्रणालीमार्फत भुक्तानी लिइसकेको प्रमाण फेला परेको छ।

गौतमले राज्यको सम्पत्ति बेचेको भन्दै सोही वडाका स्थानीयले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी दिएका थिए।

यस घटनामा संलग्न भनिएका अन्य केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। उनी गत स्थानीय तहमा माओवादी को तर्फबाट उम्मेदवार बनेर जितेका थिए। उनले नेकपा एमालेका प्रतिद्वन्द्वी मोहनबहादुर तामाङलाई ३५ मतले हराएका थिए। थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP