Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

चौतारामा ब्लड बैंक : रगतका लागि भौतारिनुपर्ने बाध्यता हट्‌यो

 

काठमाडौं : सिन्धुपाल्चोकमा चौतारा रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा आएसँगै रगतको अभावमा भौतारिनुपर्ने बाध्यता हटेको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोक, ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) सिन्धुपाल्चोक, चौतारा अस्पतालको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक र प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको हो।

चौतारामा रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा आएसँगै सहज भएको चौतारा साँगाचोकगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश नेपाल बताउँछन्। उनका अनुसार २०८२ वैशाख २४ गतेदेखि केन्द्र सञ्चालनमा आएपछि ७२ जनाले रक्तदान गरेका छन्। जसमध्ये ‘O’ नेगेटिभ रगत भने कमैले दिएका छन्।

चौतारामा रक्त सञ्चार सेवा केन्द्र जिल्ला अस्पताल चौतारासँगै राखिएको छ। ‘पहिला रगत आवश्यक पर्न साथ कि मान्छे खोज्नुपर्थ्यो कि त कतै रिफर गर्नुपर्थ्यो अहिले त्यो बाध्यता हटेको छ’, प्रमुख नेपालले भने, ‘रगत नै नपाएर भौतारिनुपर्ने बाध्यता हट्यो। यो चौताराको मात्रै खुशीको कुरा होइन सिंगो जिल्लाकै लागि खुशीको कुरा हो।’

उनका अनुसार पहिला रगत नपाएर सुत्केरी हुने महिलाहरूलाई साह्रै समस्या हुने गरेको थियो। रक्त सञ्चार सेवा केन्द्रमा ३५ दिनसम्म रगत राख्न मिल्ने भए पनि २५ दिनपछि स्टक रहेको रगत भक्तपुर रेडक्रसमा पठाउने गरिएको छ। रगतको पनि आयु हुने भएकाले २५ दिनपछि अरूलाई सहयोग होस् पठाउने गरेको उनले बताए। ‘अझै रगत भने जति पुगिरहेको छैन’, प्रमुख नेपालले भने, ‘यसका लागि समय समयमा रक्तदान कार्यक्रम गरिराख्नु आवश्यक छ।’

जिल्ला अस्पतालमा विकट बस्ती गोल्चे, गुम्बा, स्याउले, गौराति, पीपलडाँडा, कुन्चोक, सानोसिरूवारी, ठूलोसिरूवारी, इर्खु, साँगाचोक, कदमबासलगायत ठाउँबाट उपचारका लागि चौतारा आउँछन्।

‘मानवीय हिसाबमा कसैलाई रगतको कमी नहोस् भनेर रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा ल्याएका हौँ’, मेयर कृष्ण प्रसाद सापकोटा देशबन्धुले भने, ‘सदरमुकाम जस्तो ठाउँमा ब्लड बैंक थिएन । सुन्दा पनि अलि असजिलो जस्तो लाग्ने स्थिति थियो। ब्लड बैंक स्थापनासँगै विरामीहरूलाई सहज भएको छ।’

स्वास्थ्य अन्तर्गत चौताराले गत साउनदेखि लागु गरिएको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत शहीद तथा बेपत्ता परिवार, जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरू, जनयुद्ध तथा जनआन्दोलनका क्रममा जेलनेल भोगेका व्यक्ति, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका, अपाङगता भएका व्यक्तिहरू ‘क, ख, ग, घ’ दीर्घ रोगहरू (क्यान्सर, डाइलाइसिस गरिरहेको, मेरुदण्डको चोटपटक, मृगौला प्रत्यारोपण), एकल महिला, दलित, सिमान्तकृत जातजाती(माझी, दनुवार, पहरी) र ६० वर्षमाथिका जेष्ठ नागरिकका गरी जम्मा २२५३ परिवारको निःशुल्क बीमा गरेको स्वास्थ्य प्रमुख नेपालले जानकारी दिए।

त्यस्तै चौताराले गतसाउनदेखि हालसम्म १४ वडाहरूमा ४३ वटा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण केन्द्रबाट जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरेको छ। नगरपालिकाले मृत्युदर घटाउन पनि काम गरिरहेको छ। आमा तथा नवजात शिशुको स्वास्थ्य सुधार तथा प्रवद्र्घन र समग्रमा मातृ मृत्युदर, नवजात शिशु मृत्युदर घटाउने उद्देश्यका साथ नगरपालिकाको सुरक्षित मातृत्व कार्यक्रमबाट २२१ जनालाई रकम प्रदान गरेको जनाएको छ।

त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिकाभित्र बसोबास गर्ने २ वर्ष मुनिका बालबालिकाहरूको पोषण स्वास्थ्य सुदृढीकरण तथा सुधार गर्ने उद्देश्यका साथ प्रत्येक वडाहरूको ३१ वटा पोषण क्लिनिकद्वारा वृद्धि अनुगमन तथा पोषण सम्बन्धी परामर्श दिएको तथा औसत वृद्धि अनुगमन पटक १९ पुगेको जानकारी दिएको छ। ५ वर्षमुनिका लक्षित जनसंख्या मध्ये ९४ प्रतिशत बालबालिकाहरूलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत भिटामिन ए तथा जुकाको औषधी खुवाएको जनाएको छ। पूर्ण खोप पाउने बालबालिकाहरूको संख्या ४५७ जना रहेको छ।

नगरपालिकाभित्र रहेका बर्थिङ सेन्टरहरूमा १८‐१५ साँगाचोक र ३ ठूलोसिरुवारी जनालाई प्रसुति सेवा प्रदान गरेको जनाएको छ। ४०५ पटक गाउँघर क्लिनिक सेवा सञ्चालन गरि ९२०९ जनालाई सेवा दिइएको छ। खोप क्लिनिक मार्फत जम्मा ३८० पटक खोप सेवा सञ्चालन गरि २ हजार ७६५ जनालाई खोप सेवा दिइएको जनाएको छ। महिला सामुदायिक स्वास्थ्य स्वंयम सेविकामार्फत स्वास्थ्य सेवा ३१ हजार २८५ जनालाई प्रदान गरिएको छ।

२१औं महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवसमा ६० वर्ष पुगेका १० जना महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाहरूलाई दुई हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराएको जनाएको छ।

नगरपालिकाले महिला सशक्तिकरण तथा बालबालिका उत्थान समाज र ओम समाज डेन्टलसँग सहकार्य गरि वडा नम्बर १२ र वडा नम्बर १० मा निःशुल्क दन्त शिविर गरेर ७५५ जनाको दन्त परीक्षण गरेको छ।

नगरपालिकालको समन्वय र पशुपति होमियोप्याथिक अस्पतालको आयोजनामा वडा नम्बर ५ स्थित श्री कृष्ण रत्न गंगा मा.वि.मा निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सञ्चालन गरी ४१९ (महिला ३०१ र पुरुष ११८) जना सेवाग्राहीहरूलाई सेवा प्रदान गरेको जनाएको छ। नगरपालिकाले निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालनबाट १०० जना लाभान्वित भएको जनाएको छ। पाठेघरको मुखको क्यान्सरविरूद्ध एच.पी.भी.खोप राष्ट्रिय अभियानमा नगरपालिकाको लक्षित बालिकाहरूलाई ४२ वटा खोप केन्द्रबाट खोप सेवा प्रदान गरिएको जनाएको छ।

महिलाहरूको प्रजनन स्वास्थ्य प्रवर्द्धन तथा पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाको १४ वटा वडाहरूमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच तथा महिलाहरूमा आङ खस्ने समस्याका लागि जाँच गरिएको जसमा १ हजार १९७ जनालाई सेवा प्रदान गरेको तथा उक्त जाँचमा ८ जनालाई पोजिटिभ आएकोमा ७ जनालाई थर्मोकोगुलेसन प्रविधिबाट उपचार गरेको छ।

मनोसामाजिक सम्बन्धी समस्या १३२ जनालाई निरन्तर मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ। नगरपालिकाभित्रका १४ वडाहरूमा मोतिबिन्दु परीक्षण शिविर सञ्चालन गरी ८१ जना मोतिबिन्दु भएकाहरूको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरेको छ।

क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यक्रम अन्तर्गत कार्यक्रमको सुक्ष्म योजना निर्माण, समुदायलाई क्षयरोग सम्बन्धी अभिमुखीकरण, ५०३८ जनाहरूको घरदलौ भेटद्वारा क्षयरोग स्क्रिनिङ, ३६६ जनालाई AI X-Ray Machine द्वारा छातीको X-Ray, ३०० भन्दा बढी व्यक्तिहरूको खकार संकलन गरी २ जना नयाँ क्षयरोगको बिरामी पत्ता लगाएको थियो।

त्यस्तै विपन्न नागरिकलाई औषधि उपचार बापत सहुलियत उपलब्ध गराउन ११४ जनालाई १५ हजारका दरले सहयोग गरेको जनाएको छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP