Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बजेट आएको १० दिन बित्यो, पाँच प्रदेशमा छलफल नै शुरु भएन

 

काठमाडौं : बजेट ल्याएको १० दिन बित्दा पनि अधिकांश प्रदेशमा आगामी आर्थिक वर्षको बजेटअमाथि छलफल सुरु हुन सकेको छैन। असार १ गते सबै प्रदेशले बजेट ल्याएका थिए। तर, बजेटमाथि सत्ता र प्रतिपक्षी सांसदकै तीव्र असन्तुुष्टि रहँदा छलफल नै अघि बढ्न नसकेको हो।

कोशी र मधेश प्रदेशमा भने छलफल चलिरहेको छ। कोशी प्रदेशसभाको आजको बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको छ। गण्डकीमा पनि बजेटमाथिको छलफल जारी छ। यता मधेश प्रदेशमा बजेटमाथिको छलफल बुधबार शुरु हुँदैछ। दिउँसो एक बजे बस्ने बैठकमा छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सूचना अधिकारी होमनाथ पहाडीले जानकारी दिए। बजेटमाथि छलफल शुरु गर्न बागमती प्रदेशसभाको बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ।

लुम्बिनी प्रदेशमा पनि बजेट छलफल अनिश्चित छ। कार्यव्यवस्था परामर्श समितिमा समेत छलफल हुन नसक्दा बजेट छलफलको टुंगो नलागेको हो। कर्णालीमा पटकपटक कार्यसूचीमा राखिए पनि बजेट छलफल शुरु हुन सकिएको छैन। योजना बैंकमा राखिएका योजना नपरेको र त्यसमा पनि मन्त्रीको रजगज देखिएको भन्दै प्रतिपक्षी सांसदले सरकारलाई विचौलिया करार गर्दै विरोध जनाइरहेका छन्।

दिउँसो ३ बजे बस्ने बैठकमा छलफल शुुरु गर्ने कार्यसूची राखिएको छ तर, निश्चित छैन। यता सुदूरपश्चिम प्रदेशको बजेट छलफल पनि अनिश्चित बनेको छ। अपराह्न ४ बजे प्रदेशसभाको बैठक बोलाइए पनि प्रतिपक्षीले बहिस्कार गरेपछि सूचना टाँस गरेर बैठक अनश्चितकालका लागि स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयका प्रवक्ता जेतप्रकाश जोशीका अनुसार प्रदेशसभा सञ्चालनका लागि बुधबार दिउँसो एक बजे कार्यव्यवस्था समितिको बैठक बोलाइएको छ।

गतवर्ष पनि सत्तापक्षको बेवास्ता र विपक्षीको विरोधका कारण सरकार बेखर्ची बनेको थियो। आर्थिक वर्ष शुरु भएको दुई महिनापछि असोजमा बल्ल बजेट पारित भएको थियो।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP