Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक शून्य दशमलव ३३ अङ्कले घटेर दुई हजार ६०० दशमलव २० को विन्दुमा कायम भएको हो।

आज तीन सय ११ कम्पनीको एक करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर ६१ हजार ८२४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ९४ करोड २८ लाख ५२ हजार २५६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा विकास बैंक शून्य दशमलव ०२, होटल तथा पर्यटन एक दशमलव ४३, जलविद्युत् शून्य दशमलव ६७, जीवन बीमा शून्य दशमलव ०६, म्युचुअल फन्ड शून्य दशमलव ०९ र निर्जीवन बीमा शून्य दशमलव १० प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ शून्य दशमलव ०९, वित्त शून्य दशमलव ४८, लगानी शून्य दशमलव ४०, उत्पादन तथा प्रशोधन शून्य दशमलव २०, लघुवित्त शून्य दशमलव २१, व्यापार एक दशमलव ०७ र अन्य समूह शून्य दशमलव २१ प्रतिशतले घटेको छ।

मोदी इनर्जी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ५१ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै वुटवल पावर कम्पनी लिमिटेडको रू ५३ करोड ९४ लाख ५७ हजार ३२६ बराबरको छ लाख ५४ हजार २९० कित्ता शेयर किनबेच भएको छ।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP