काठमाडौँ : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका- ६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ।
स्थानीय ४६ वर्षीया शान्ति डुम्रेको सर्पदंशबाट मृत्यु भएको हो। उनलाई बुधबार राति ९ बजे घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेको थियो। उपचारका लागि कालीगण्डकी अस्पताल कावासोती लगिएकोमा राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।
गर्मी मौसमसँगै जिल्लामा सर्पदंशका घटना बढ्न थालेको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया