सिड्नी : एनआरएनए अष्ट्रेलिया आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार सान्तोष कुँवरको नेतृत्वमा रहेको टीम सान्तोषले आफ्नो आधिकारिक एजेन्डा सार्वजनिक गरेको छ।
‘बलियो नेपाली डायस्पोराका लागि सँगै’ नारासहित टीमले आर्थिक समृद्धि, लगानी प्रोत्साहन र समावेशी सहभागितामा केन्द्रित योजनाहरू सार्वजनिक गरेको
प्राथमिक एजेन्डामा राज्य तथा संघीय तहमा कुल $२ मिलियन बराबरको अनुदान सुरक्षित गर्ने लक्ष्य राखिएको छ। यसका लागि एनआरएनए अष्ट्रेलिया अन्तर्गत एक समर्पित अनुदान तथा साझेदारी कार्यदल गठन गरिनेछ।
टीम सान्तोषले एनआरएनए फाउन्डेसनमार्फत सबै परोपकारी गतिविधिहरू सञ्चालन गर्ने बताएको छ। साथै, राज्यस्तरमा भइरहेका बहु सांस्कृतिक कार्यक्रमहरूलाई सशक्त समर्थन गर्ने योजना पनि समावेश छ।
भविष्य केन्द्रित योजनामा दोस्रो पुस्तालाई समेट्ने उद्देश्यले एनआरएनए अष्ट्रेलियाको संविधानअनुसार छुट्टै शाखा सञ्चालन गरिनेछ। त्यसैगरी, एनआरएनए बिजनेस नेटवर्कमार्फत उद्यमशीलता प्रवर्द्धन गर्दै लगानी शिखर सम्मेलन, स्टार्टअप मेन्टरशिप, र डायस्पोरा-नेतृत्वमा व्यापार इन्क्यूबेटरहरू सञ्चालन गर्ने योजना रहेको छ।
टीम सान्तोषले नीति निर्माणमा नेपाली समुदायको प्रभावकारी उपस्थिति कायम गर्न वकालत र सरकारी संलग्नतालाई पनि प्राथमिकता दिएको छ।
‘अनुभवी, समर्पित, र सेवा गर्न तयार’ भन्ने नाराका साथ टीम सान्तोषले आगामी निर्वाचनमा सहभागिताका लागि सम्पूर्ण नेपाली समुदायलाई भोट गर्न आग्रह गर्दै शनिवार, जुलाई २६ तारिखको मतदान दिनलाई सफल बनाउने प्रतिबद्धता जनाएका छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया