Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

एनआरएनए अष्ट्रेलिया निर्वाचन : टीम सञ्जीव गोर्खाली ढकालको एजेन्डा सार्वजनिक

 

 

सिड्नी : एनआरएनए अष्ट्रेलिया २०२५–२०२७ कार्यकालको लागि अध्यक्ष पदका उम्मेदवार सञ्जीव गोर्खाली ढकालले आफ्नो टीमको एजेन्डा सार्वजनिक गरेका छन्। उनले एजेन्डा सार्वजनिक गर्दै संस्थालाई सशक्त, पारदर्शी र राजनीतिक प्रभावभन्दा माथि राख्ने प्रतिबद्धता व्यक्त गरे।

ढकालको सामाजिक सन्जाल मार्फत आफ्ना एजेन्डाहरू सार्वजनिक गर्दै राज्य-स्तरीय अनुदान र कोष सङ्कलन टोलीहरूको गठन, आपतकालीन राहत तथा पूर्वाधार परियोजनाहरूको व्यवस्थापन, तथा एनआरएनए-स्वामित्वका ऋणमुक्त केन्द्रहरूको निर्माण प्रमुख प्राथमिकता रहेको बताए।

जसमा विद्यार्थी सहायता, सांस्कृतिक कार्यक्रम, महिला तथा परिवार सेवा र उद्यमशीलताको केन्द्रको रूपमा विकसित गर्ने कुरामा उनको जोड छ।

उनले विगत चार वर्षको अवधिमा उत्तरी अष्ट्रेलियामा ( नर्दन टेरिटोरी)$३५०,००० भन्दा बढी सरकारी अनुदान सुरक्षित गरेको दाबी गर्दै अब यो उपलब्धिलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने अठोट व्यक्त गरेका छन्।

ढकालको योजनामा प्रत्येक राज्य र क्षेत्रमा कम्तीमा एक सामुदायिक केन्द्र स्थापनाको दीर्घकालीन रणनीति पनि छ। यस अभियानमा नेपाली डायस्पोरा र स्थानीय संस्थाहरूसँग सहकार्य गरिने उल्लेख गरिएको छ। ‘हामी बोल्ने मात्र होइन, काम गरेर देखाउने छौं’,उनले भनेका छन्।

एनआरएनए अस्ट्रेलियाको चुनाव जुलाई २६ मा हुँदैछ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP