काठमाडौँ : तीन महिनासम्म ललितपुर महानगरको तिखेदेवलमा चलेको आधारभूत सिलाइकटाइ कार्यक्रमले महिला लाभान्वित भएका छन् ।
नेपाल दलित महिला उत्थान केन्द्रको आयोजनामा गत चैत १५ गतेदेखि असार १५ गतेसम्म चलेको ३ महिने तालिमले ८ जना महिलालाई स्वरोजगार हुने मौका मिलेको छ ।
केन्द्रकी अध्यक्ष मैना अछामीले ललितपुर महानगरपालिकाको दलित लक्षित कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट पहिलोपटक आयोजना गरिएको बताइन् ।
तिखेदेवलस्थित परिवर्तनका लागि सहकार्य नेपालको हलमा सम्पन्न तालिममा सहभागीहरूलाई दौरा, सुरुवाल पाइन्ट, कुर्ता, टप्स, प्लाजोमा लगायतका १५ वटा आइटममा प्रशिक्षण दिइएको थियो ।
ललितपुर महानगरपालिका सामाजिक विकास समितिको सहयोगमा भएको कार्यक्रममा सुरुमा १० जना भए पनि ८ जनाले मात्र प्रशिक्षण पूरा गरेको कार्यक्रम संयोजक एवं १४ नम्बर वडाकी सदस्य संगीता अछामीले जानकारी दिइन् ।
वडा सदस्य अछामीले यो तालिमले महिला दिदी बहिनीहरुमा उत्साह र आफैले रोजगारीको अवसर सिर्जना गर्ने अवसर मिलेको बताइन् ।
कार्यक्रमको समापनका दिन सहभागीहरू सबैले तालिमका दौरान आफैले सिलाएका लुगा लगाएर आएका थिए ।
तालिममा सहभागी संगीता रिजालले आफूलाई यो खाले प्रशिक्षणले जिन्दगीमा आफ्नो लागी आफैले केही गर्न सकिन्छ भन्ने प्रेरणा जागेको बताइन् ।
उनले कुर्ता, सुरुवाल, ब्लाउज लगायतका लेडिजले लगाउने लुगा सिलाउन जान्दा अब दुई छाक खानका लागी कसैको भर पर्नु नपर्ने बताइन् ।
सुबिना मंग्रातीले सिलाइकटाइको प्रशिक्षण दिनेलाई धन्यवाद दिँदै आफूले यो क्षेत्रमा पहिलेभन्दा धेरै कुरा सिकेको बताइन्। ‘मैले जिरोबाट सुरु गरेकी थिएँ’, स्नातक पढ्दै गरेकी उनले भनिन्‚ ‘पहिले सुरुमा केही जान्दिनथेँ, अहिले केही सिउन जान्ने भएकी छु ।’
समापन कार्यक्रममा बोल्दै उपमेयर मञ्जली शाक्यले सानो सहयोग पनि महिलाका लागी निकै फलदायी भएकोमा खुसी व्यक्त गरिन् ।
उनले आगामी दिनमा पिन आफ्ना तर्फबाट यस्तै किसिमको साथ सहयोग हुने वचन दिइन् । उनले सहभागी सबैलाई शुभकामनासहित प्रमाणपत्र हस्तान्तरण गरिन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया